logo
२०८१ बैशाख ६ बिहीवार



म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त

अन्तर्राष्ट्रिय |


म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त
तस्विर-आईएफजे


याङ्गुन, चैत्त ९ गते। अपहरणमा पर्नु भएका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त हुनुभएको छ । राजधानीस्थीत अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उहाँलाई शुक्रबार अपरहण गरेका थिए ।
म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता हुनुभएका पत्रकार सम्पर्कमा आउनु भएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् । रिहा भएका पत्रकारका बारेमा र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता हुनुभएको थियो । उहाँलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ । गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई हजार ६०० जना गिरफ्तार भएका छन् ।
त्यसैगरी अरु २५० भन्दा बढीको मृत्यु भएको पनि विभिन्न निकायको तथ्याङ्कमा उल्लेख गरिएको छ । कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने दावी पनि गरेका छन् ।
सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ । सैन्य विद्रोह भएपछि म्यानमारमा पत्रकार मात्रै ४० जना पक्राउ परिसकेको अधिकारीहरूले जनाएका छन् । सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?