logo
२०८० चैत्र १६ शुक्रवार



प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित

मुख्य समाचार |


प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित


गोरखापत्र अनलाइन
काठमाडौं, फागनु २३ गते । आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगन गर्नु भएको हो ।

सरकारको तर्फबाट संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ संसद बैठकमा पेश भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले विरोध गरेका छन् ।

सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले सो अध्यादेश पेश गर्नुभएपछि काँग्रेस सांसदहरुले बैठक कक्षमै नाराबाजी गर्दै विरोध जनाउनुभयो । “अध्यादेश फिर्ता गर, असंवैधानिक अध्यादेश ल्याउन पाइँदैन” भन्दै नाराबाजी हुन थालेपछि सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित भएको सूचना जारी गर्नुभयो ।

साँझ ४ बजेकालागि आव्हान गरिएको संसद बैठक ढिलोगरी ५ बजेर १२ मिनेटमा शुरुभएको थियो । बैठकमा अध्यादेशको विषयलाई लिएर विरोध र नाराबाजी भएपछि सभामुख सापकोटाले ५ बजेर ५६ मिनेटमा बैठक १० मिनेटका लागि स्थगित गर्नुभयो । बैठक १० मिनेटका लागि स्थगित गरिएको भएपनि अहिलेसम्म सुचारु हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?