logo
२०८० चैत्र १६ शुक्रवार



दार्चुलामा जीप दुर्घटना, दुई जनाको मृत्यु, पाँच गम्भीर घाइते

खुला |


दार्चुलामा जीप दुर्घटना,  दुई जनाको मृत्यु, पाँच गम्भीर घाइते
दुर्घटनामा क्षति भएकाे जीप


लोकेन्द्र जोशी
दार्चुला, फागुन २२ गते । दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक करन नाथ र एक जना बृद्ध बुद्धिपल्लब पन्त रहेको स्थानीय रमेश धामीले जानकारी दिनुभयो ।
गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुदा चालकसहित दुई जनाको मृत्यु भएको घटनास्थलबाट हरि जोशीले जानकारी दिनुभयो ।
जीपमा सवार अरु पाँच जना गम्भीर घाइते रहेको स्थानीय रमेश धामीले बताउनुभयो ।
दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको नयाँ जीप रहेको स्थानीयले बताएका छन् । सडकबाट भण्डै दुई सय मिटर तल खसेको जीप क्षत विक्षत भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।
अहिले स्थानीय र प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको छ । घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?