logo
२०८० चैत्र १६ शुक्रवार



आगलागीमा परेर वृद्धको मृत्यु

खुला |


आगलागीमा परेर वृद्धको मृत्यु
सांकेतिक तस्बिर


सुजल श्रेष्ठ
प्यूठान, फागुन १९ गते । ऐरावती गाउँपालिका–१ सल्लिकोटमा आगलागीमा एक वृद्धको मृत्यु भएको छ । आफ्नै घरमा भएको आगलागीमा परेर ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
“आगलागी भएपछि सवै जना परिवार घर बाहिर निस्किएका रहेछन,” प्रहरी निरीक्षक गैरेले भन्नुभयो, “घरभित्र सामान निकाल्न जाँदा निसास्सिएर मृत्यु भएको हो ।” बुधबार बिहान ७ बजे विद्युत सर्ट भएर फुसको छानो भएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरगोठ पूर्णरुपमा जलेको छ । परिवारमा विरकट्टाकी श्रीमती, बुहारी र पाँच जना नातिनातिना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?