logo
२०८१ बैशाख १२ बुधवार



शब व्यबस्थापन आधारमा कोरोनाका ६१८ मृतक थपिए, कुल दुई हजार ६८४

स्वास्थ्य |


शब व्यबस्थापन आधारमा कोरोनाका ६१८ मृतक थपिए,  कुल दुई हजार ६८४
तस्विर–फाइल


इश्वरचन्द झा 
काठमाडौं, फाल्गुन १२ गते । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट भएको मृतकको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्याले ६१८ जना मृतक थपिएको जनाएको छ । मन्त्रालयका अनुसार कोभिड १९ को सङ्क्रमणबाट हालसम्म दुई हजार ६६ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको हो ।
कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६१८ जना मृतक थपिएको बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्दा आएको तथ्याङ्क र मन्त्रालयको तथ्याङ्कबारे बिस्तृत अध्ययनपछि नेपालमा हाल दर्ता गरिएको मृतकको संख्याभन्दा ६१८ जना थपिएका हुन् । मन्त्रालयले यसअघि दुबै निकायबाट मृतकको फरक तथ्याङ्क आएपछि समिति गठन गरेको थियो । उक्त समितिले कोभिड १९ सम्बन्धी उच्च स्तरीय समितिमा आफ्नो प्रतिबेदन बुझाएको थियो । प्रतिबेदनको आधारमा मृतकको संख्या थपिएको प्रवक्ता गौतमले प्रष्ट्याउनुभयो ।
शव ब्यवस्थापनका लागि तयार गरिएको निर्देशिका बमोजिम नेपाली सेनाले शव ब्यवस्थापन गर्दा मृतकको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले अद्यावधिक गर्न सकेको थिएन । बिरामीको दाह संस्कारपछि मात्रै कोभिड पोजिटिभ भएको प्रतिवेदन आएको घटनाहरु समेत उक्त तथ्याङ्कमा जोडिएको प्रवक्ता गौतमले खुलाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?