logo
२०८१ बैशाख ६ बिहीवार



सिंहदरबारमै स¥यो सरकारको सचिवालय

मुख्य समाचार |


सिंहदरबारमै स¥यो सरकारको सचिवालय


भउचप्रसाद यादव

काठमाडौँ, फागुन ४ गते । भूकम्पले क्षति भएको सिंहदरबार अझ कलापूर्ण ढङ्गले प्रबलीकरण भएसँगै नेपाल सरकारको केन्द्रीय सचिवालय अब त्यसै स्थानबाट सञ्चालनमा आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको प्रमुख प्रशासनिक भवन सिंहदरबार पूर्वी मोहडा भवन सोमबार उद्घाटन गर्नुभएसँगै केन्द्रीय सचिवालय त्यहीँबाट सञ्चालनमा आउन थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार भवनको उक्त खण्ड भूकम्पले क्षति पु¥याएपछि सो कार्यालय नजिकैको अर्काे भवनमा स्थानान्तरण गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमबार नै सिंहदरबारस्थित पहिलेकै स्थानमा सारिएको छ । उद्घाटनपछि प्रधानमन्त्री ओलीले आफ्नो कार्यकक्ष प्रवेश गरी दैनिक काम सुरु गर्नुभयो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण भएको र यसै भवनबाटै प्रधानमन्त्री कार्यालयबाट प्रदान गरिने सेवा सञ्चालन हुन थालेको जानकारी दिनुभयो ।
उद्घाटन गरिएको पूर्वी मोहडा २०३० सालको आगलागीमा क्षतिग्रस्त भएपछि २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको थियो । २०७२ सालको भूकम्पअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालयलगायतका महìवपूर्ण सरकारी निकायसमेत यसै भवनभित्र रहेका थिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरण प्रविधिमार्फत सो भवनको पुनर्निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भवनको मौलिक संरचना तथा शैली कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनर्निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधा रहने गरी अहिलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा संरचनाअनुरूप कार्यकक्ष तथा बैठक कक्ष निर्माण गरिएको छ ।”

प्रधानमन्त्री कार्यालय ‘विशेष क्षेत्र’
भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिले ‘विशेष क्षेत्र’को रूपमा विकास गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले स्वदेशी र विदेशी पहुनासँग भेटघाट गर्न विभिन्न कक्ष, क्याबिनेट हल, एक्सन रुम, बार एक्सन रुम (उद्घाटन तथा सम्बोधन कक्ष), स्टुडियो, आराम कक्ष निर्माण गरिएको छ । त्यसैगरी सो कार्यालय क्षेत्रको हावा शुद्धीकरण गर्न ‘एयर फ्रेसनर’ जडान गरिएको छ । सो क्षेत्रमा पानी वितरणका लागि पानी प्रशोधन प्लान्ट निर्माण गरिएको छ ।
मुख्यसचिव र प्रधानमन्त्री कार्यालयका पाँच महाशाखाका सचिवका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको आयोजना प्रमुख सिंहले बताउनुभयो । त्यसैगरी भवनको माथिल्लो तलामा उपप्रधानमन्त्रीको कार्यकक्ष निर्माण गर्नुका साथै सचिवहरूको मासिक बैठकका लागि कक्ष निर्माण गरिएको आयोजना प्रमुख सिंहले बताउनुभयो ।
तत्कालीनप्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा १९६० सालमा निर्माण गरिएको सिंहदरबार भवन युरोपमा विकास भएको नवशास्त्रीय शैलीको भवन हो । प्रधानमन्त्री चन्द्रशमशेरले केही सामान बेलायतबाट झिकाई आफ्नो निजी निवासका रूपमा सिंहदरबार निर्माण गर्न लगाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?