logo
२०८१ बैशाख ८ शनिवार



‘फ्रोजन फुड’ले पार्न सक्छ असर

मुख्य समाचार |


‘फ्रोजन फुड’ले पार्न सक्छ असर


यलु जोशी
काठमाडौंँ, फागुन १ गते । अहिले बजारमा ‘फ्रोजन फुड’ को लोकप्रियता बढ्दै गइरहेको छ ।
‘फ्रिज’मा भण्डार गरिएको वा ‘फ्रिजिङ’ प्रक्रियाद्वारा सुरक्षित गरिएको खाना ‘फ्रोजन फुड’ हो । सजिलो तथा समय बचतको हिसाबले अहिले मानिसले ‘फ्रोजन फुड’ खरिद गरेर खाने गरेको पाइन्छ तर यसले जनस्वास्थ्यलाई नकारात्मक असर गर्ने पोषद्विदको भनाइ छ  ।
यस प्रक्रियामा खाना खानालाई चिस्याएर राखिने गरिन्छ । बजारमा फ्रोजन मःमः, फ्रोजन पिज्जा, फ्रोजन पास्ता, यःमरी, मटर, लगायत तरकारीदेखि माछा मासु पनि फ्रोजन नै पाउन थालिएको छ ।
व्यस्त दैनिकी तथा पकाउने कला नभएकाले मानिस बजारमा बनेका वा लामो समयसम्म फ्रिज गरिएका खानेकुरा खान थालेको पोषणविद् डा. अरुणा उप्रेती बताउनुहुन्छ । उहाँले यस्ता खानाले लामो समय फ्रिज गरिएका खानेकुराले स्वास्थ्यमा असर गर्ने जानकारी दिनुभयो ।
हामीले दुध, दहीलाई चिस्याएर आइसक्रिम बनाएको छ भने त्यसले खासै असर गर्दै तर बजारमा लामो समयदेखि फ्रोजन गरिएको खानाले स्वास्थ्यमा नकारात्मक असर गर्ने दाबी गर्नुहुन्छ ।
‘‘फ्रिजमा खाने कुरा राखे पनि एक दुई दिनको लागि हुन्छ’’, डा. उप्रेती भन्नुभयो, ‘‘तर बजारमा महिनौ वा वर्ष सम्मका हुन्छ र त्यो खानेकुरा कस्तो अवस्थामा बनाएको थाहा हँुदैन । त्यसैले बजारको यस्तो खाने कुरा नखान उहाँको सुझाव छ । ’’
यस्ता खानाले अहिले नै कुनै असर नगरे पनि दीर्घकालमा ठूलो स्वास्थ्य समस्या निम्त्याउने डा. उप्रेतीले प्रष्ट पार्नुभयो । हामीले घरमा पनि मानिसहरू माछामासु लगायत खानेकुरालाई लामो समयसम्म टिकाउन फ्रिजमा राख्ने गरिएको तर खानेकुरा लामो समय फ्रिजमा राख्न नहुने डा. अरुणा बताउनुहुन्छ ।
उहाँका अनुसार हप्तौँसम्म माछा मासु वा खानेकुरालाई ‘फ्रिज’मा राख्दा त्यसको पोषण घट्नुको साथै स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ । हामीले कुनै पनि फ्रोजन खाना खाएमा त्यसको स्वाद नै हुँदैन अर्को भनेको पोषण धेरै घटिसकेको हुन्छ डा. उप्रेतीले थप्नुभयो, ‘‘बजारबाट ल्याएको फ्रोजन खानेकुरा तातो पानीमा हाल्दा चिल्लो निस्कन्छ । यस प्रकारको खानामा चिल्लोको मात्रा बढी हुन्छ जसकारण रक्तचाप, मधुमेह, कोलेस्टोर भएकालाई त विष समान नै मानिन्छ । ’’
बजारमा पाइने फ्रोजन खानेकुरामा त लामो समय टिकाउन प्रयोग गरिने ‘प्रिजरभेटिभ’हरूले स्वास्थ्यमा झनै नकारात्मक असर पु¥याउने आयुर्वेद तथा पोषणविद् डा.रुवि बज्राचार्यले जानकारी दिनुभयो ।
’बजारमा पाइने यःमरी, मःम, पिज्जा लगायतमा प्रयोग गरिने पिठो, मासु कस्तो प्रयोग गरिन्छ, कस्ता प्रिजरभेटिभ प्रयोग गरिँदैन, त्यो हामीलाई थाहा हँुदैन उहाँ भन्नुहुन्छ, ‘‘ढुसी परेको हो या किरा परेको हो थाह हँुदैन त्यसैले यस प्रकारको सकेसम्म नखाएकै राम्रो ।’’ डा.बज्राचार्यले फ्रोजन फुड खानाले मुटुसम्बन्धी रोग, मधुमेह लगायत मानिसको कोषमा असर गर्ने जानकारी दिनुभयो ।
फ्रोजन खानेकुराले मुटुमा समस्या निम्त्याउन सक्छ भन्दै डा बज्राचार्यले भन्नुभयो, “फ्रोजन फुडमा ट्रान्स फ्याट अत्याधिक मात्रामा हुने भएकाले यसले मुटु रोग हुने सम्भावना बढी हुन्छ ।” ट्रान्स फ्याटले खराब कोलेस्ट्रोल बढाउने र राम्रो कोलेस्ट्रोल घटाउने भएकोले पनि भएकाले मुटु रोगको खतरा बढाउँछ ।
फ्रोजन फुडमा साथै सामान्यभन्दा अधिक नुन वा चिनीको प्रयोग भएको हुनसक्ने भएकाले त्यसले कोलस्ट्रोलको मात्रा बढाउनुका साथै रक्तचाप समेत बढाउँछ । खाना लामो समयसम्म टिकाउनका लागि खानामा प्रयोग गरिने मोनोसोडियम ग्लुटामेटले टाउको, छाती दुख्ने, थकान हुने, धड्कन अनियमित हुने जस्ता समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?