logo
२०८१ बैशाख ८ शनिवार



अपहेलना मुद्दामा जवाफ सहित आफै उपस्थित हुन आदेश

मुख्य समाचार |


अपहेलना मुद्दामा जवाफ सहित आफै उपस्थित हुन आदेश


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १५ गते । सर्वाेच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जावाफ सहित सात दिन भित्र आफै उपस्थित हुन आदेश भएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न समयमा दिएका अभिव्यक्तिबाट अदालतको मानहानी भएको भन्दै सर्वोच्च अदालतमा बेग्लाबेग्लै दायर मुद्दामा न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासबाट सो आदेश भएको हो ।
अदालतमा विचाराधीन सो मुद्दामा पूर्व प्रधान न्यायाधीश, सुशीला कार्की, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र मीनबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन गैर संवैधानिक भएको भन्दै एक संयुक्त विज्ञप्ति जारी गर्नु भएको थियो । त्यस्तै पूर्व सभामुख दमननाथ ढुङ्गानाले पनि सोही किसिमको अभिव्यत्ति दिनु भएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?