logo
२०८० चैत्र १५ बिहीवार



जुम्ला आगलागी अपडेटः हेदा हेर्दै खरानी भयो बस्ती, ३० घर, ७० पशुचौपाया जलेर नष्ट

फिचर |
पढ्नै पर्ने |


जुम्ला आगलागी अपडेटः हेदा हेर्दै खरानी भयो बस्ती, ३० घर, ७० पशुचौपाया जलेर नष्ट


नेत्र शाही

जुम्ला, माघ १४ गते । जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर जलेर नष्ट भएका छन् ।

प्रहरी नायव उपरीक्षक काफ्लेका ३० घर सहित १७ गाई, २३ गोरु र ३० भेडाबाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

२०७७ माघ १३ गते राती ७ बजे तिला गाउँपालिकाको उक्त गुठी भन्ने गाउँमा अचानक आगलागी भएको र त्यहाँ पुगको प्रहरीले ३० घर जलेको जानकारी गरेको छ । त्यस गाउँका जम्मा ५५ बढि घरमध्ये दुईवडा वाडा ३० घर जलेर नष्ट भएका छन् । मंगलवार राति ७ बजे आगलागी भएको र घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर निकै दुर्गम क्षेत्र भएकाले समयमै सुरक्षा निकाय त्यहाँ पुग्न सकेन तथा स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्ती नै खरानी भएको स्थानीयले जनाएका छन् ।
आगलागिको खबर पछि प्रहरी निरिक्षक नवीन थापा मगरको कमाण्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायव निरीक्षक झुपेन्द्र बहादुर शाहीको कमाण्डमा ३ जनाको र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमाण्डमा ३ जनाको टोली खटिई गएकोमा राति पुगेको पुगेर क्षेतिको विवरण लिईरहेको छ । प्रहरी त्यहाँ नपुग्दै बस्ती नै जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय धनबहादुर रोकायाले हिउदे सिजनमा भण्डार गरेको अन्नसमेत जलेर नष्ट भएको छ । गाउँमा खानेपानीको एकधारा थियो, त्यसबाट आउने पानीले निभाउन नसकिएको स्थानीयले जनाएका छन् ।

चुलोबाट सल्किएको आशंका
स्थानीय परवहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घासमा आगो सल्केको अनुमान गरिएको बताउनुभयो । गाउँभरी सरेको आगो निभाउन नसकिएको र टुलटुलु हेर्नु वाहेक केही उपाय नलागेको उहाँले गुनासो पोख्नुभयो । गाउँलेले हर प्रयास गरे तर काठका छत भएका घर भएकाले आगो निभाउन नसकिएको बताइएको छ ।
एकै गाउँका धेरै घर जलेर नष्ट भएपछि राहात र पुनस्र्थापनका बिषयमा जिल्लामा तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा वैठक बसेर छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?