logo
२०८० चैत्र १५ बिहीवार



सर्वोच्चका न्यायाधीशले प्रमसँग भेट भन्ने समाचार भ्रामक

मुख्य समाचार |


सर्वोच्चका न्यायाधीशले प्रमसँग भेट भन्ने समाचार भ्रामक


काठमाडौँ, माघ २ गते । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनास्थामा प्रतिकूल प्रभाव पर्ने गरी केही अनलाइन पोर्टलले भ्रामक समाचार सम्प्रेण गरेको भनी खेद व्यक्त गरेको छ । केही अनलाइनले आज प्रधानमन्त्रीसँग सर्वोच्च अदालतका केही न्यायाधीशले भेट गरेको भन्ने भावको समाचार प्रस्तुत गरेका थिए ।
अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशङ्का र भ्रम सिर्जना गर्ने मनसाय राखेर सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वनीयता र नागरिकको यसप्रतिको आस्थामा खलल पुग्ने जाने तथा सम्पूर्ण प्रेसप्रतिको विश्सनीयतामा आँच आउन सक्ने औँल्याइएको छ ।

त्यस्ता सामग्रीबाट पत्रकार आचारसंहिता र कानून प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै अदालतले सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ । केही अनलाइनले

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?