logo
२०८० चैत्र १५ बिहीवार



संवैधानिक इजलासमा न्यायाधीश कार्कीकाे स्थानमा मल्लले सुनुवाइ गर्नुहुने

मुख्य समाचार |


संवैधानिक इजलासमा न्यायाधीश कार्कीकाे स्थानमा मल्लले सुनुवाइ गर्नुहुने


गोरखापत्र अनलाइन
काठमडौं, पुस २९ गते । प्रतिनिधिसभा विघट्नसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले पनि गर्नु हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहितका पाँच न्यायाधीशको इजलासमा जारी सुनुवाइका क्रममा न्यायाधीश हरिकृष्ण कार्की बाहिरिनु भए पछि उहाँको स्थानमा न्यायाधीश मल्लको नाम सर्वोच्च अदालतलतले आजको दैनिक पेसी सुचीमा समावेश गरेको छ ।
सो इजलमा अब प्रधानन्यायाधीश जबरा सहित सर्वोच्चका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी समेत रहनु हुने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?