logo
२०८१ बैशाख १२ बुधवार



विद्यालय तहको नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चले बाटो खोल्यो

मुख्य समाचार |


विद्यालय तहको नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चले बाटो खोल्यो


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २८ गते । सर्वोच्च अदालतले विद्यालय तह (कक्षा १ देखि १२ सम्म) नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशनकुमार ढुङगानाको इजलासले सो रिट खारेज गर्ने निर्देशनात्मक आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको हो ।

यस अघि नयाँ पाठ्यक्रम लागू गर्न रोक लगाउने माग गर्दै भागवत अर्याल लगायत सात जनाले रिट दायर गर्नुभएको थियाे । साे रिट खारेज भएसँगै विद्यालय स्तरमा चरणवध्द रूपमा नयाँ पाठ्यक्रम अनुसार पढाउने वा पुरानाे भन्ने अन्याैल अन्त्य भएकाे छ । 

याे पनि पढ्नुहाेस्

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?