logo
२०८० चैत्र १६ शुक्रवार



पूर्व न्यायाधीशहरुको वक्तव्य आपत्तिजनकः मन्त्री गुरुङ

मुख्य समाचार |


पूर्व न्यायाधीशहरुको वक्तव्य आपत्तिजनकः मन्त्री गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशहरुले दिएको वक्तव्यप्रति आपत्ति जनाउनुभएको छ । सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित तुल्याउनेगरी पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्य आउनु उचित नरहको उहाँले बताउनुभयो ।
सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय निरुपण तुुल्याउने गरी पूर्व प्रधानन्यायाधीशहरुले स्वतन्त्र न्यायालयको गरिमामाथि आँच आउने काम गरेको मन्त्री गुरुङले बताउनुभयो । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुुभयो, “संविधान, कानुन र नैतिकता कुनै पनि दृष्टिले सर्वोच्च अदालतको नेतृत्व गरिसक्नु भएका पूूर्व प्रधानन्यायाधीशहरुले अदालतमा विचाराधीन मुद्दामा चासो राख्न मिल्दैन ।”
मन्त्री गुरुङले न्याय क्षेत्र आफै सक्षम र सवल हुुँदाहुँदै कमजोर बनाउने गरी न्यायमूर्ति भईसक्नुभएका पूर्व प्रधानन्यायाधीशहरुबाट संविधान, कानुन विपरित वक्तव्य आउनु खेदजनक रहेको बताउनुभयो । उहाँले पूर्व प्रधानन्यायाधीशहरुको कानुन विपरित र नैतिकताभित्र पनि नपर्ने खालका वक्तव्यको भ्रममा नपर्न पनि सबैलाई अपिल गर्नुभयो ।
राजनीतिक दलहरु र विभिन्न समूूहहरुले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । मन्त्री गुरुङले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा जानेमा विश्वस्त हुन आग्रह गर्नुुभयो ।
त्यस अवसरमा उहाँले सबै जाति, भाषा र समूूदायको हितका लागि पत्रकारहरुले कलम चलाउने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले राष्ट्रको हितमा केन्द्रित भएर काम गर्दा सबैको हित हुने प्रष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?