logo
२०७७ फाल्गुन १८ मंगलवार

क्रोएसियाका राष्ट्रपति र मन्त्रीपरिषद्का सदस्यलाई कोरोनाको खोप

अन्तर्राष्ट्रिय |


2021-01-07-29812
तस्विर-क्रोएशिया विक


जग्रेब, पुस २३ गते।
क्रोएसियाका राष्ट्रपति र मन्त्रीपरिषद्का अधिकांश सदस्यहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ । सञ्चार माध्यमहरुलाई फोटो तथा भिडियो खिच्न मिल्ने गरी सार्वजनिक रुपमा उहाँहरुले खोप लगाउनु भएको हो ।
खोपप्रति आम नागरिकको विश्वास र आकर्षण बढाउनका लागि सार्वजनिकरूपमा उच्च पदाधिकारीहरूले खोप लगाउनुभएको जनाइएको छ । बिहीबार उहाँहरूले खोप लगाएसँगै क्रोएसियामा कोरोनाविरुद्धको खोप लगाउने आम अभियान नै सुरु भएको छ । तर खोप लगाउने क्रम भने डिसेम्बर २७ देखि नै सुरु भएको थियो ।
कुल ४२ लाख जनसङ्ख्या रहेको मुुलुकमा तत्काल २० हजार जनालाई खोप दिने सरकारको योजना छ । सवैलाई खोप दिन नसकिने भएकाले प्राथमिकता निर्धारण गरेर प्राथमिकता सूचीमा परेकाहरुलाई सुरुमा खोप दिइनेभएको हो ।
सरकारले सुरुमा स्वास्थ्यकर्मी, दीर्घरोगी र ६५ बर्षभन्दा बढी उमेर भएकाहरुलाई खोप दिने नीति बनाएको अधिकारीहरुले जनाएका छन् । त्यस बाहेकका अन्य नागरिकलाई भने क्रमशः अरु चरणहरुमा खोप दिइने सरकारी अधिकारीहरुको भनाइ छ ।
क्रोएसियामा फिजर बायोएनटेक खोप प्रयोग गरिएको छ । खोपका बारेमा गरिएको सर्वेक्षणका क्रममा ४४ प्रतिशतले खोप लगाउने रुची नदेखाएको पाइएको छ । त्यसैगरी ४६ प्रतिशतले खोप लगाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् भने दश प्रतिशतले खोप लगाउने वा नलगाउने बारेमा अनिर्णित अवस्थामा रहेको जनाएका छन् ।
“सवै नागरिकले कोरोना विरुद्धको खोप लगाउन पाउनुपर्छ भन्नेमा म स्पष्ट छु, त्यसको व्यवस्था हुने विश्वास दिलाउन पनि चाहन्छु,” राष्ट्रपति जोरान मिलानोभिकले भन्नुभयो । आफुले खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मन्त्रीपरिषद्का दश जनाले खोप लगाएको जानकारी दिनुभयो ।
क्रोएसियाका प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक र अरु छ मन्त्री यसअघि नै कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । महामारी फैलिएदेखि क्रोएसियामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance