logo
२०८१ बैशाख ६ बिहीवार



जर्मन प्राविधिक टोलीद्वारा मेलम्ची सुरुङको निरीक्षण शुरु, प्रतिवेदन पछि परीक्षणका लागि पानी पठाइने

मुख्य समाचार |


जर्मन प्राविधिक टोलीद्वारा मेलम्ची सुरुङको निरीक्षण शुरु, प्रतिवेदन पछि परीक्षणका लागि पानी पठाइने


मुकुन्द गैरे 
काठमाडौं, मङ्सिर २९ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आएर काम सुरु गरेको छ । उक्त टोली यही शुक्रबार आए पछि शनिबारबाट काम थालेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

उहाँहरु आएसँगै सुरुङ निरीक्षण काम सुरु भएको र उक्त टोलीले प्रतिवेदन दिनुहुने प्रवक्ता पन्तले बताउनुभयो । उक्त प्रतिवेदनले ठीक छ भनेपछि पानी हालेर पुनः परीक्षण गरिने आयोजनाले बताएको छ ।सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता पन्तले बताउनुभयो । ड्याम निर्माणको काम अन्तिम चरण पुगेको बताउँदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

अब भनेको विद्युतीकरणको काम र अनुगमन, प्राविधिक बाहेक लगभग सबै काम अन्तिम चरणमा पुगेको आयोजनाको भनाइ छ । केही महिना यता सुरुङमा पुनरवलोकनको काम भइरहेको छ । अहिले काम द्रुतगतिमा भइरहेको बताउँदै उहाँले काठमाडौँमा पानी झार्न अब धेरै समय नलाग्ने बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । प्रवक्ता पन्तले बाँधको काम लगभग अन्तिम चरणमा पुगेको बताउनुभयो । बाँधमा राखिने गेटहरुको काम यही माघ महिनासम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ ।
उक्त क्षेत्रका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले चाँडै सकिने बताउनुभयो ।केही समय अगाडि नै अस्थायी बाँध बनिसकेको र अर्को स्थायी बाँध बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना हो । आयोजनाको काममा हाल कोरोनाको कारण समस्या नरहेको समेत उहाँले बताउनुभयो । बाहिरबाट आउने कामदार निश्चित समय क्वारेनटाइनमा बस्ने गरी व्यवस्था गरेको प्रवक्ता पन्तले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप