logo
२०८१ बैशाख १३ बिहीवार

तस्बिरमा प्रधानमन्त्रीकाे घुन्सा भ्रमण

मुख्य समाचार |
फोटो फिचर |


2020-11-23-27007
तस्बिर : राजन काफ्ले/प्रम स्वकीय सचिवालय


घुन्सा, ताप्लेजुङ, मङ्सिर ८ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नुभएको थियो । भवन उद्घाटनअघि उहाँले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङलगायत घुन्सा आउनुभएको छ । जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो । प्रधानम्न्त्रीकाे घुन्सा भ्रमणका अबसरमा प्रधानमन्त्रीकाे सचिवालयका फाेटाेग्राफर राजन काफ्लेले खिच्नु भएका तस्बिरहरू ।