logo
२०८० चैत्र १६ शुक्रवार



इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको हत्या

अन्तर्राष्ट्रिय |


इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको हत्या
तस्विर-फाइल


आदिस अबाबा, मंसिर १ गते। अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इथियोपियाको मानव अधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी समूहले आक्रमण गरेका थिए ।
आयोगले आक्रमणकारी समूहको पहिचान र आक्रमण गर्नुको कारण भने खुलाएको छैन । हालैका महिनाहरुमा बेनिशाङ्गुल–गुमुज क्षेत्रमा विभिन्न जातीय समूहहरुबीच हिंसात्मक झडपहरु हुने गरेका छन् । यी आक्रमण–प्रत्याक्रमणबाट सयौं व्यक्तिको ज्यान जानुका साथै हजारौं मानिस विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?