logo
२०८० चैत्र १६ शुक्रवार



खाद्यको चिनी ल्याउन टेन्डरै परेन

अर्थ |
फिचर |


खाद्यको चिनी ल्याउन टेन्डरै परेन


 

सीता शर्मा

काठमाडौँ, कात्तिक २९ गते । चिनीको अधिक माग हुने तिहारमा पनि सरकारले सहुलियतमा ल्याउने भनेको चिनी आएन । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दशैँ, तिहारमा ल्याउने भनेको भन्सार छुटको चिनी आउन अझै समय लाग्ने भएको छ । कम्पनीले गरेको पहिलो टेन्डरमा कोही पनि व्यापारी इच्छुक नभएपछि अर्को टेन्डर गर्दा समय लाग्ने भएको हो ।
सरकारले दशैँ, तिहार र छठलाई लक्षित गरेर ३० हजार मेट्रिक टन चिनी खरिद गर्न खाद्य कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ५० प्रतिशत भन्सार छुट दिएको थियो । खाद्य कम्पनीलाई चिनी खरिद गर्नका लागि सरकारले पहिलोपटक कोटा निर्धारण गरेको हो तर पहिलोपटक नै असफल हुने देखिएको छध्र
कम्पनीको खरिदसम्बन्धी आफ्नो ऐन, नियमावली नभएको र सरकारको सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रिया जाँदा लामो प्रक्रियामा जाँदा समय लाग्ने बताइएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीले चिनी खरिदका लागि पहिलोपटक आह्वान गरिएको टेन्डरमा एउटै पनि आवेदन नपरेकाले तिहार र छठमा पनि खाद्य कम्पनीको चिनी आउन नसक्ने निश्चित भएको बताउनुभयो । कम्पनीले अब पुनः टेन्डर कस्तो तरिका, के कसरी गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको र अहिलेसम्म टुङ्गो नलागेको उहाँले जानकारी दिनुभयो ।
सामान्य अवस्थामा चिनी खरिदका लागि कम्तीमा पनि तीन महिना लाग्ने भएकाले खाद्य कम्पनीले तत्काल आफ्नो चिनी बिक्री गर्न नसक्ने उहाँको भनाइ छ । उहाँका अनुसार कम्पनीले उपत्यकामा सञ्चालित सहुलियत मूल्य पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनको चिनी किनेर सहुलियत मूल्यमा बिक्री गर्दै आएको छ ।
सूचना अधिकारी सुवेदीेले कम्पनीले अर्को टेन्डरमार्फत चिनी खरिद गर्न सामान्य प्रक्रियामा पनि कम्तीमा तीन महिना लाग्ने बताउनुभयो । सरकारले गत साउन १२ गते नै ५० प्रतिशत भन्सार छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन र साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको थियो । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत चिनी ल्याएर बिक्री गर्न थालेको छध्र
सरकारको सार्वजनिक खरिद ऐनअनुसार ४५ दिनको सूचना प्रकाशन गरी टेन्डरको मूल्याङ्कन, एलसीलगायत प्रक्रिया गर्दा छिटोमा तीन महिना समय लाग्ने भएको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनले भन्सार छुटमा २० हजार मेट्रिक टन चिनी ल्याउने जिम्मा पाएकामा झन्डै १० हजार मेट्रिक टन ल्याइसकेको छ । सरकारी कोटाको चिनी बिस्तारै ल्याउने क्रममा रहेको र एक महिनामा सबै चिनी नेपाल आइपुग्ने कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले जानकारी दिनुभयोध्र
सरकारी तथ्याङ्कअनुसार सामान्य अवस्थामा घरायसी र उद्योग गरी मासिक २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । दशैँ, तिहार र छठका लागि दुई महिना थप १० हजार मेट्रिक टन चाहिन्छ । सहुलियत भन्सार छुटमा आयात गरेको साल्ट टे«डिङ कर्पोरेसनले प्रतिकिलो ७३ रुपियाँमा बिक्री गर्दै आएको छ । बजारमा भने अहिले चिनी प्रतिकेजी खुद्रा मूल्य ९० देखि ९५ रुपियाँमा बिक्री भइरहेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा केही दिनदेखि चिनीको भाउ मनपरी भएको बताउनुभयो । उहाँका अनुसार अहिले निजी व्यापारीले थोक बजारमा चिनीको प्रतिकेजीको भाउ ८३ देखि ८५ रुपियाँ पु¥याएका छन् । खुद्रा बजारमा चिनीको भाउ ९० रुपियाँ भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?