logo
२०८१ बैशाख ७ शुक्रवार



सम्पदा क्षेत्रको घरमा व्यक्तिको दाबी

खुला |


सम्पदा क्षेत्रको घरमा व्यक्तिको दाबी



नारद गौतम

काठमाडाँैं, कात्तिक १७ गते । काठमाडाँैंको थापाथली कालमोचन घाट क्षेत्र पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने क्रममा एक व्यक्तिले दुई पैसा जग्गा र त्यसमा बनेको दुई तले घरको स्वामित्व दाबी गरेका छन् । यो घर थापाथली पुलको मुखैमा छ । थापाथली पुल बनाउँदा पुलको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाइएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको बागमती नदी किनार सुधार परियोजनाअन्तर्गत काम गर्ने क्रममा व्यक्तिले दाबी गरेको संरचनामा पुगेपछि काम रोकिने अवस्था आएपछि सरोकारवालाले चासो देखाएका छन् ।
समस्याको समाधान खोज्न आइतबार काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातìव विभागका पुरातìव अधिकृत मञ्जुसिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर असिम अधिकारी र परामर्शदाता सहितका अधिकारीले स्थलगत अवलोकन गर्नुभयो ।
वडाध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, “यो संरचना व्यक्तिको हुने कुनै आधार देखिँदैन, थापाथली पुल बनाउँदा पुलको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाइएको देखिन्छ । त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको हुनुपर्छ । स्तम्भ कहिले भत्कियो र किन सम्भार गरिएन भन्नेचाहिँ खोजीको विषय हो । संरचना हटाउनका लागि वडाबाट गर्नुपर्ने आवश्यक समन्वय र सहयोग गर्छौं ।”
अध्यक्ष तण्डुकारका अनुसार पुनर्निर्माणका क्रममा घरको काम त्यही घरमा पुगेपछि खन्ने क्रममा जगको तल्लो भागमा चिल्ला ढुङ्गाको स्तम्भजस्तो आकार र त्यसमाथि परम्परागत संरचनामा प्रयोग गरिने बुट्टासहित इँटाको पर्खाल छ । त्यसमाथि काठ, इँटा र सिमेन्ट प्रयोग गरेर बनाइएको दुई तले घर छ । यो घरको स्वामित्व आफूसँग भएको दाबी गर्दै एक व्यक्तिले लालपुर्जासहित स्वामित्व दाबी गरिरहेको जानकारी पनि अध्यक्ष तण्डुकारले दिनुभयो ।
गुठी संस्थानका उपप्रशासक थपलियाका अनुसार यो ठाउँको १८८ नम्बरको एउटै कित्तामा २९ रोपनी जग्गा छ । त्यहाँ वैरागी र सन्न्यासी लगायतका अखडा छन् । त्यसमध्येको दुई पैसा जग्गामा बनेको घरसहित व्यक्तिले लालपुर्जा लिएर स्वामित्व दाबी गरेको छ । मालपोत ऐनको दफा २४ बमोजिम दर्ता बदर गरेर गुठीको से्रस्तामा देखिए गुठीको नाममा र स्रेस्तामा नदेखिए सार्वजनिक जग्गाका रूपमा कायम गराउने प्रक्रियामा जानुपर्छ । यसै कारण काम भने रोक्नु हुँदैन ।
गुठी संस्थान शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदी भन्नुहुन्छ, “हामी गुठीको जग्गा भन्छौँ । व्यक्तिले लालपुर्जा लिएर स्वामित्व दाबी गर्नुहुन्छ । व्यक्तिमा स्वामित्व कसरी पुग्यो ? खोजी गरिरहेका छौँ ।”
यो घरको जगमा भएको संरचनामा प्रयोग गरिएका निर्माण सामग्री हेर्दा व्यक्तिगत संरचनाको स्वरूप देखिँदैन । पुरातìव अधिकृत मञ्जुसिंह भण्डारीको भनाइ अनुसार जगमा कुँदेका ढुङ्गाको पर्खाल छ त्यसमाथि दचि अपा (मौलिक इँटा÷स्मारक र सार्वजनिक संरचनामा धेरै प्रयोग हुने)को गारो छ, त्यो गारोको माथिल्लो भागमा पलि फोँ (बुट्टेदार इँटा) राखिएको छ ।
सामान्यतया व्यक्तिगत वा आवासीय घर निर्माणमा यस्ता सामग्रीको प्रयोग हुँदैन । अझ यो त सम्पदा क्षेत्र हो । उहाँले यी निर्माण सामग्री हेरेर व्यक्तिको घर हो भन्न सकिँदैन । आवश्यक परे यसलाई उत्खनन गरेर अध्ययन गर्न पनि हामी तयार छौँ भन्नुभयो ।
थापाथलीदेखि टेकु दोभानसम्म एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा तीन चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकु दोभानदेखि टेकु पुलसम्म, दोस्रो चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभानसम्म र तेस्रो चरणमा टुकुचादेखि थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुनर्निर्माण तथा मर्मत सम्भार र नदी क्षेत्रको सुन्दरता बढाउन पूर्वाधार बनाइने छ ।
परियोजनाको पहिलो चरणमा १२ वटा सम्पदा पुनर्निर्माण सहितको काम करिब सम्पन्न हुने अवस्थामा पुगेको छ । दोस्रो चरणको काम थालिएको छ । यो चरणमा ११ वटा सम्पदा पुनर्निर्माण हुनेछन् । पुरातìव अधिकृत भण्डारीका अनुसार तेस्रो चरणमा थापाथली कालमोचन क्षेत्रका वैरागी अखडा, सन्न्यासी अखडासहितका चारवटा सम्पदा पुनर्निर्माण भइरहेका छन् । पहिलो चरणको काम करिब ३७ करोड, दोस्रो चरणको काम करिब ४० करोड र तेस्रो चरणको काम करिब ३५ करोड रुपियाँ लागतमा अघि बढेको हो ।
“परियोजनालाई नियमित अघि बढाउन समन्वय गरिरहेका छौँ” वडा नं. ११ का उपनिर्देशक रामप्रसाद पौडेल भन्नुहुन्छ, “सम्पदा क्षेत्रभित्र व्यक्तिको स्वामित्व दाबी भएको अवस्थाबाट काम रोकिने अवस्था आउन दिँदैनौँ, कानुनी र व्यावहारिक दुवै विधिको उपयोग गरेर समस्याको समाधान गर्छौं ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?