logo
२०८१ बैशाख १२ बुधवार

काँग्रेस महाधिवेशनको तयारी सुस्त

राष्ट्रिय |

काँग्रेस महाधिवेशनको तयारी सुस्त

नारद गौतम

काठमाडौँ, कात्तिक १५ गते । नेपाली काँग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औँ महाधिवेशनको तयारी एकदमै सुस्त देखिएको छ । महाधिवेशन सम्पन्न गर्न समायोजन र क्रियाशील सदस्यता वितरण कार्यलाई सबैभन्दा पहिला टुङ्गो लगाउनुपर्नेमा तोकिएको समयमा कुनै पनि काम सकिएका छैनन् ।
त्यसका अतिरिक्त महाधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपर्ने खाँचो केन्द्रीय सदस्यहरूले औँल्याउँदै आएका छन् । त्यसका लागि शीर्ष तहमा सहमति जुटाउन कात्तिक १७ गते पदाधिकारी बैठक र २१ गते केन्द्रीय कार्यसमितिको
बैठक बस्दैछ ।
कोरोना भाइरसका कारण महाधिवेशन तयारीका गतिविधि प्रभावित भइरहेका छन् तर कतिपय देशमा कोरोनाकै बीच निर्वाचनका गतिविधि प्रभावकारी रूपमा भइरहेका छन् । कोरोनाको उच्च प्रभाव रहेको अमेरिका निर्वाचनको माहोलमा छ भने कोरोनाकै तीव्र फैलावटमा पनि भारतको बिहार राज्य अहिले निर्वाचनमै छ । नेपालमा भने पार्टीका आन्तरिक तयारीलाई पनि कोरोना प्रभाव राम्रैसँग निहुँ भएको छ ।

समायोजन अझै बाँकी
तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते सहमति भए पनि अहिलेसम्म एकता प्रक्रिया टुङ्गोमा पुगेको छैन । समायोजन नसकिएका जिल्लामा क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु हुँदैन । समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म थियो ।
समायोजनसमेत हेर्नुहुने केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अझै तीनवटा जिल्ला बारा, सप्तरी र सिन्धुपाल्चोक बाँकी रहेको बताउनुभयो । बारा र पर्साको विवरण प्राप्त भएको छ भने सिन्धुपाल्चोकको विवरण आउन बाँकी छ । उहाँले केही दिनभित्रै समितिको बैठक राखेर समायोजनको प्रक्रियालाई अन्तिम रूप दिने बताउनुभयो ।

क्रियाशील सदस्यता वितरण जारी
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सम्पर्क गरिएका २५ जिल्लामा क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ वितरण गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अन्य जिल्लामा सम्पर्क गरेर विवरण लिने कार्य जारी रहेको उहाँको भनाइ छ ।
प्रदेश १ का १४ जिल्लामध्ये मोरङबाहेक १३ जिल्लामा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गर्ने कार्य लगभग सकिएको छ । मोरङ जिल्लामा भने कोभिड–१९ को असर बढी परेका कारण अझै बाँकी छ । ती जिल्लाबाट फाराम पनि फिर्ता आउने क्रम सुरु भएको छ ।
यसैगरी बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोकमा समायोजनकै कार्य बाँकी रहेको छ भने अन्य जिल्लामा क्रियाशील सदस्यता वितरण गर्ने कार्य भइरहेको जानकारी पनि मुख्य सचिव पौडेलले दिनुभयो । जिल्ला कार्यसमितिहरूले क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा साउन मसान्तसम्म तोकेको थियो ।
पाँच लाखको हाराहारीमा रहेको क्रियाशील सदस्यको सङ्ख्यालाई त्यति नै थपेर करिब १० लाख पु¥याउने सहमति पदाधिकारी बैठकले गरे पनि केन्द्रले त्यसको औपचारिक निर्णय भने गरेको छैन । केन्द्रीयस्तरमा क्रियाशील सदस्यता छानबिन गर्न सात सदस्यीय समितिमा को को रहने पनि टुङ्गो लागेको छैन ।
पदाधिकारी बैठक बस्दै
कात्तिक २१ गते तय भएको केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि १७ गते पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यसहितका २०–२२ जना नेताको शीर्ष बैठक बस्ने भएको छ । त्यो बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले संयुक्त रूपमा सभापति शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षण पत्रका बारेमा छलफल हुने छ ।
असोज १२ गते सभापतिलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा पार्टीको विधान, आचारसंहिता तथा सभापतिले स्थापित गर्नुभएको परम्परा स्वयंले स्मरण र आत्मसात् गर्नु जरुरी रहेको उल्लेख छ ।
नौ पृष्ठ लामो पत्रमा विभाग गठन, समायोजन, क्रियाशील सदस्यता वितरण, भ्रातृ तथा शुभेच्छुक संस्थालगायतका विषयमा उल्लेख गरिएको छ । यी असन्तुष्टिलाई सम्बोधन गर्न पार्टी सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको जानकारी प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?