logo
२०८० चैत्र १६ शुक्रवार



घरमै बच्चा जन्माउँदा अत्याधिक रक्तश्राव भए पछि हेलिकप्तरमार्फत उद्धार

राष्ट्रिय |


घरमै बच्चा जन्माउँदा अत्याधिक रक्तश्राव भए पछि हेलिकप्तरमार्फत उद्धार


नवीन शिशिर विक
बागलुङ, कात्र्तिक ११ गते । सुत्केरीपछि अत्यधिक रक्तश्राव भएपछि बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंह किटेनीकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
घरमै सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भए पछि स्थानीय पुष्पा श्रीसलाई सोमबार प्राथमिक स्वास्थ्य केन्द्रभ बुर्तिवाङ्ग लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको हो ।
गण्डकी अस्पताल पोखरामा उपचाररत श्रीसको अवस्था सुधार उन्मुख रहे पनि बच्चा भने बचाउन नसकिएको स्थानीयवासी कमल पौडेलले जानकारी दिनुभयो ।
सुत्केरी पुष्पा र उहाँका श्रीमान इमानसिंह श्रीस दुवै जना शिक्षक हुन् । दुर्गम क्षेत्रका सुत्केरी अघि तथा सुत्केरीपश्चात कठिन हुने महिलाको ज्यान बचाउने उद्देश्यले संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको थियो ।
दशैको दिन सुत्केरी अवस्था जटिल भएको कारण हेलिकप्टर संयोजनमा कठिनाई भएको थियो । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र बुर्तिवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको संयोजनमा हेलिकप्टरको व्यवस्थापन गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?