logo
२०८० चैत्र १६ शुक्रवार



चाँडै कोरोना भाइरसलाई जित्नेछौँ : राष्ट्रपति

मुख्य समाचार |


चाँडै कोरोना भाइरसलाई जित्नेछौँ : राष्ट्रपति


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने बताउनुभएको छ । राष्ट्रपतिले सोमबार बडादशैं २०७७ को अवसरमा कोभिड–१९ महामारीको कारण सबै आफन्तजन र आम नागरिकसँगै दशैँ मनाउन सम्भव नभएको पनि उल्लेख गर्नुभएको छ ।
राष्ट्रपतिले भन्नुभएको छ, ‘‘मैले आमाको हातबाट आशीर्वाद थापेँ र छोरी ज्वाइँ एवं नातिनीलाई टीका प्रदान गरेँ । आशा छ, हामीले चाँडै कोरोना भाइरसलाई जित्नेछौं र आगामी दशैं सदा झै हर्षोल्लासपूर्वक मनाउनेछौं । बडादशैंँको सबैमा पुनः शुभकामना ।’’
राष्ट्रपतिले विजया दशमीको दिन टीका प्रदान गरेपछि सामाजिक सञ्जालमार्फत यस्तो सन्देश प्रवाह गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?