logo
२०८० चैत्र १५ बिहीवार



स्वास्थ्य मापदण्ड पालना गर्दै दशैं मनाउन नेकपा अध्यक्ष प्रचण्डको आग्रह

मुख्य समाचार |


स्वास्थ्य मापदण्ड पालना गर्दै  दशैं मनाउन नेकपा अध्यक्ष प्रचण्डको आग्रह



गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ७ गते । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वडा दसैं, तिहार, छठ र नेपाल सम्बत्को अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पार्टीको नाममा शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । 

नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भातृत्व एबम् भावनात्मक एकता पैदा गर्ने गरेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण एवम् विकास नै समृद्धिको आधार भएको उहाँले चर्चा गर्नुभयो ।

मुलुक कोभिड-१९ को विषम परिस्थितिबाट गुज्रिरहेकाले स्वास्थ्य सुरक्षाको सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन अध्यक्ष प्रचण्डले सबैमा आग्रह गर्नुभयो । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनुहुने सबै नेपालीको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको उहाँले कामना गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?