logo
२०८० चैत्र १६ शुक्रवार



सर्लाहीका सीडीओ पौडेल कोरोनामुक्त

फिचर |
खुला |


सर्लाहीका सीडीओ पौडेल कोरोनामुक्त



जनार्जन खत्री
सर्लाही, कात्तिक ५ गते । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेल बुधबारबाट कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।
पौडेलको बुधबार गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । उहाँले तेस्रो पटक मङ्गलवार थ्रोट स्वाब दिनुभएको थियो । यसअघि आइतबार दोस्रो पटक स्वाब दिनुभएका पौडेलको सोमबार मात्रै पोजिटिभ रिपोर्ट आएको थियो ।
बुधबारबाट सङ्क्रमणमुक्त हुनु भएका प्रमुख जिल्ला अधिकारी पौडेलले बिहिवारबाट नियमित काममा फर्किने बताउनुभएको छ । पहिलो पटक सङ्क्रमण पुष्टी हुँदा ज्वरोसँगै कोरोना भाईरसको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए पनि १२ आँै दिनमा सङ्क्रमणमुक्त हुँदा अहिले आफूमा त्यस्तो कुनै लक्षण नदेखिएको प्रजिअ पौडेलले बताउनुभयो ।
उहाँले अरु कर्मचारीमा पनि अहिले कुनै पनि किसिमको लक्षण नदेखिएकाले उहाँहरुले चाहेको खण्डमा पुनः पीसीआर परीक्षण गरिने, अन्यथा सरकारले बनाएको मापदण्ड अनुसार काममा फर्काइनेछ ।
गत असोज २१ गते कार्यालयमा कार्यरत एक जना नायब सुब्बामा कोरोना सङ्क्रमण पुष्टी भएपछि प्रमुख जिल्ला अधिकारी पौडेलसहित जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारीले थ्रोट स्वाब दिनुभएको थियो । त्यसमध्ये प्रमुख जिल्ला अधिकारी पौडेल, उहाँको सुरक्षागार्ड, एक जना प्रशासकीय अधिकृत, एक जना नायब सुब्बा र एक जना कम्प्यूटर अपरेटर गरी पाँच जनामा असोज २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लगत्तै जिल्ला प्रशासन कार्यालय बन्द गरियो ।
एक हप्ता बन्द भएको कार्यालय भने कात्तिक २ गतेबाट नै खुलेको छ । भीडभाड कम गर्न भन्दै कार्यालयले नयाँ नागरिकता र प्रतिलिपी वितरण बाहेक अन्य सेवाहरु प्रवाह गरिरहेको हो । नागरिकता वितरण गर्न सुरु गर्नासाथ भीड थेग्न मुस्किल पर्ने र सङ्क्रमण फैलन थप मद्दत पुग्ने भएकाले सो सेवा हाललाई स्थगित नै राखिएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?