logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमित कर्मचारीलाई विदा दिने प्रस्ताव चाँडैनै मन्त्रिपरिषद्मा लगिने

राष्ट्रिय |


सङ्क्रमित कर्मचारीलाई विदा दिने प्रस्ताव चाँडैनै मन्त्रिपरिषद्मा लगिने


मुकुन्द गैरे
काठमाडौं, कात्तिक ४ गते । विश्वभर फैलिएको कोरोना भाइरसको सङक्रमण अहिले नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा सङक्रमित कर्मचारीलाई विदा दिने विषयमा छलफल अगाडि बढाइएको छ । कर्मचारीलाई विदा दिनु पर्ने प्रस्ताव दुई /तीन दिन भित्र मन्त्रिपरिषद्मा लाने तयारी भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्रमण पुष्टि भए, छुट्टै विदा दिने विषयमा छलफल अगाडि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी अहिले कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै विदा दिने हाल कानुनी व्यवस्था नरहेकाले विदा दिनुपर्छ भनेर मन्त्रिपरिषदमा दुईतीन दिनमै प्रस्ताव लैजान तयारी गरेका बताउनुभयो ।

प्रवक्ता अधिकारीले यो विषय चाँडै मन्त्रिपरिषद्मा लैजाने र यसबारे चाँडै निर्णय आउने उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । हाल नेपालमा तीन तहमा गरी एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी रहेको छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार ५०० र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी रहेको मन्त्रालयका प्रवक्ता अधिकारी बताउनुहुन्छ ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष पुण्यप्रसाद ढकाल निजामती कर्मचारी कार्यस्थलमा कामको शिलशिलामा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा सरकारले अरु विदाबाट कट्टा नगरेर छुट्टै दिन आवश्यक रहेको बताउनुहुन्छ ।

विशेष गरेर प्राविधिक स्वास्थ्य क्षेत्रमा, सुरक्षाको कार्यस्थल र बढी भीडभाड हुने कार्यालयमा बढी कोरोनाको संक्रमण देखा परेको ढकाल बताउनुहुन्छ । कोरोनाको जाखिममा पनि यस्ता राष्ट्रसेवकलाई विशेष सुविधा दिनु पर्छ भनेर सरकारसँग माग राखेको ढकाल बताउनुहुन्छ । अहिले कोरोना संक्रमण संसार भर फैलिएको छ भोलिको दिनमा कस्तो अवस्था रहने हो कर्मचारीमा बढ्दै गए कार्यालयमा उपस्थित नहुँदा सेवाप्रवाह कस्तो असर गर्ला भन्ने विषय रहेको उहाँ बताउनुहुन्छ ।

निजामती कर्मचारी सवैको कोरोना सरकारले निःशुल्क विमा समेत गरेको उहाँ बताउनुहुन्छ । अहिले कोरोना संक्रमण देखा परेका कर्मचारी आइसोलेशनमा र संक्रमण नलागेको कर्मचारी आलो पालो गरेर धेरै ठाउँमा काम गरिरहेको पूर्वअध्यक्ष ढकाल बताउनुहुन्छ । गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले गृहले अन्य पर्व लगायतका विदा हेर्ने भएकाले यसबारेमा संघीय मामिला मन्त्रालयले हेर्ने बताउनुभयो ।

यता, कर्मचारी युनियनका यज्ञराज अर्याल नेपाल सरकारले कोरोना लागेको राष्ट्र सेवक कर्मचारीको हकमा कम्तीमा दुई हप्ताको विदा दिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
घरायसी कामको लागि विदा नलिई कार्यस्थलमा जनताको सेवा गर्दा संक्रमण देखा पर्ने हुनाले छुट्टै विदा दिन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप