logo
२०८१ बैशाख ८ शनिवार



विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु   

राष्ट्रिय |


विपद्जन्य घटनामा वैशाखयता साढे चार सयको मृत्यु   
फाईल तस्विर


काठमाडौँ, कात्तिक २ गते। गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४ को मृत्यु भएको छ । उक्त अवधिमा एक सय एक वेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

 प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठुलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै रु ८२ करोड क्षति भएको जनाउनुभयो ।    
    
प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ वेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाय क्षति भएको छ । पहिरोबाट अनुमानित रु पाँच करोड ९ लाखको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ ।

चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र छ सय ९६ चौपाय क्षति भएको छ । चट्याङले रु ५९ लाख भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाय मरेको र झण्डै रु पाँच करोडको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ ।    
    
आगलागीमा परेर १० को मृत्यु एक सय ४४ घाइते र ६० करोड भन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?