logo
२०८१ बैशाख १३ बिहीवार



काँग्रेसमा केन्द्र हावी : बनेन प्रदेश संरचना

राष्ट्रिय |


काँग्रेसमा केन्द्र हावी :  बनेन प्रदेश संरचना



नारद गौतम

काठमाडौँ, असोज ३० गते। सङ्घीयतामा जाने घोषणा भएको झन्डै १४ वर्ष बित्दा पनि नेपाली काँग्रेसले अझैसम्म सङ्गठनको प्रादेशिक संरचना बनाउन सकेको छैन। स्थानीय तह र प्रादेशिक सरकारको कार्यकाल तीन वर्ष बित्न लाग्यो। निर्वाचन आयोगले अर्को निर्वाचनको पूर्वतयारी थालेको छ तर कांँग्रेसले प्रदेशमा कुनै संरचना बनाएको छैन।
काँग्रेसका तीन सभापति गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै सङ्घीयता सम्बन्धी महŒवपूर्ण निर्णय भएर कार्यान्वयनसमेत भएका छन्। गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा नेपाल सङ्घीय संरचनामा प्रवेश ग¥यो। सुशील कोइराला प्रधानमन्त्री हुँदा संविधान सभाबाट सङ्घीय संरचना सहितको संविधान जारी भयो अनि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तीन तहको निर्वाचन भयो।
संविधान अनुसार पार्टी संरचना भएको विधान बनाउने पनि काँग्रेस पहिलो पार्टी हो। यसका लागि उसले विनियमावली पनि बनाएको छ तर प्रदेश कार्यसमिति बन्न सकेको छैन। जिज्ञासामा केन्द्रीय सदस्य प्रदीप पौडेल केन्द्रले तोकेर अगाडि बढाँैं भने पनि नेताबीच सहमति नहुँदा काम हुन नसकेको बताउनुुहुन्छ। अचम्म त के भने काँग्रेस आफैँले प्रदेशका संरचना नबनाएर केन्द्रीय पार्टी सत्ता सञ्चालन गरिरहेको छ।

प्रादेशिक संरचनाको स्वरूप

कांँग्रेसको विधानमा प्रदेश कार्यसमितिको स्पष्ट व्यवस्था छ। प्रदेश सभापति, प्रदेश उपसभापति, प्रदेश महामन्त्री, प्रदेश कोषाध्यक्ष, प्रदेश सहमहामन्त्री र प्रदेश कार्यसमितिका सदस्य रहने व्यवस्था छ। कार्यसमितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिएको छ। महिलाको प्रतिनिधित्व हरेक कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत हुने किटानी गरिएको छ।

केन्द्रबाटै सबै काम

विधान र विनियमावलीमा काँग्रेसको प्रदेश कार्यालय सम्बन्धी व्यवस्था छ। प्रदेश कार्यसमितिको कार्यालय प्रदेशको केन्द्रमा रहने र प्रदेश कार्यसमितिको कार्यालय प्रदेश महामन्त्रीको मातहतमा हुने लगायतका मापदण्ड बनाएर विनियमावली पनि बनाइएको छ। एक केन्द्रीय सदस्य भन्नुहुन्छ, “विधान र नियमावली त नयाँ पुस्ताले बनाएको हो तर पुरानो पुस्ताका शीर्ष नेता पार्टी बलियो बनाउन होइन, आफ्नो गुट बलियो बनाउन लाग्नुभएको छ। ”
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रदेशमा कार्यालय स्थापना भएका छैनन्। उहाँ १४औँ महाधिवेशनले वडादेखि केन्द्रसम्म आधुनिक पार्टी संरचना तयार हुने बताउनुहुन्छ। उहाँका अनुसार छ हजार ६४३ वडामा, ७५३ स्थानीय पालिकामा पार्टीको संरचना तयार भएको छ। त्यसैगरी प्रदेश सभाको ३३० निर्वाचन क्षेत्र, १६५ सङ्घीय निर्वाचन क्षेत्रमा संरचना बनिसकेको छ। कुल ७७ जिल्लामध्ये ७३ जिल्लामा नयाँ संरचना तयार भएको छ। अब सिन्धुपाल्चोक, बारा, पर्सा, सप्तरी र सिरहामा पार्टीको समायोजन गर्ने कार्य अन्तिम चरणमा पुगेको भनाइ पौडेलको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?