logo
२०८० चैत्र १५ बिहीवार



दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

अन्तर्राष्ट्रिय |


दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार


स्टकहोम, असोज २७ गते। आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ । गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ ।
यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई अर्थशास्त्र तर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो । उहाँहरुका खोजका कारण “बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएका छन्”, नोबेल कमिटीले भनेको छ ।
कुनै समय मिलग्रोमको विद्यावारिधी शोधका सल्लाहकार समेत रहनु भएका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन् । यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ । शान्तिका लागि नोबेल पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमले पाएदेखि बाहेक नोबेल पुरस्कार प्राप्त गर्ने कूल एघार व्यक्तिमध्ये सात जना अमेरिकी छन् ।
नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नु हुनेछ । रोयल स्वेडिस एकाडेमीका महासचिव गोरान हान्सोनले दोस्रो विश्वयुद्धपछि अनुसन्धानका क्षेत्रमा अमेरिकाले गरेको लगानीलाई पुरस्कारले प्रतिबिम्बित गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप