logo
२०८१ बैशाख १३ बिहीवार



स्वस्थ जीवनशैलीले मुुटुुरोगीलाई सहज

मुख्य समाचार |


स्वस्थ जीवनशैलीले मुुटुुरोगीलाई सहज


सरोज ढुङ्गेल

काठमाडौंँ, असोज २५ गते । ललितपुर मङ्गलबजारकी विजया नापितलाई निको भएको मुुटुुरोगले फेरि समातेको छ । कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीमा खानपान नमिलेका कारण मुुटुुरोगले च्यापेको हो ।
हुन त उहाँ नौ वर्षको उमेरदेखि बाथ मुटुरोगसंँग जुझिरहनुभएको छ । सानैदेखि अत्यधिक रूपमा पाउँ सेवन गर्नुभएकी उहाँलाई नौ वर्ष हँुदा टन्सिल भयो । अस्पताल गएर परीक्षण गराउँदा मुटुमा समस्या देखियो । पछि थाहा भयो नापितलाई बाथ मुटुरोग लागिसकेको रहेछ । त्यसपछि उहाँ निरन्तर उपचारका लागि डा. प्रकाशराज रेग्मीकहाँ उपचारका लागि आउनुभयो ।
नापितका बाबुुआमालाई छोरी मुटुरोगी भई विवाह गर्नलाई कठिन हुने हो कि भन्ने चिन्ता थियो । त्यसको लगत्तै उहाँको विवाह भयो । अहिले १० वर्षकी छोरी छिन् । उहाँको स्वास्थ्य अवस्था सामान्य नै थियो । बन्दाबन्दीको क्रममा पुनः चटपटे, पाउँजस्ता खानेकुरा अत्यधिक खानुभयो । फेरि मुटुमा समस्या भयो । सास फेर्न गाह्रो भएपछि अस्पतालमै भर्ना गरेर नियमित औषधि सेवन गरिरहनुभएको छ । उहाँजस्ता धेरै व्यक्तिलाई बाथ मुटुरोग लागेको छ । कुनै पनि रोग लागेकालाई अस्पताल जानुुुुुुुुु सहज छैन । अस्पताल जानुु सहज छैन रोगले च्यापिरहेको छ, उहाँको भनाइ छ ।
कोटेश्वरमा बस्दै आउनुभएका तेजु अधिकारीको पनि सात वर्ष पहिले मुटुको शल्यक्रिया गर्नुभएको थियो । उहाँले पनि आफ्नो अस्वस्थ जीवनशैलीले मुटुरोग लागेको बताउनुभयो । एकपटक रोग लागिसकेपछि जीवनभर त्यसले पिरोल्ने बताउँदै अधिकारीले शरीरलाई तन्दुरुस्त राख्न पहिले नै सचेत हुनुपर्ने बताउनुभयो । अहिले औषधि, नियमित चिकित्सककहाँ परामर्श गरिरहनुपर्छ, अधिकारीले भन्नुभयो, “निरोगी हँुदै सतर्कता अपनाउने हो भने कुनै रोग लाग्ने थिएन होला ।”
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मीले नेपाललगायत दक्षिण पूर्वी एसियामा नसर्ने रोग अत्यधिक मात्रामा बढ्दै गएको बताउनुभयो । उहाँले हृदयाघात, उच्च रक्तचाप, मस्तिष्कघात, मधुमेह, क्यान्सर, दम–खोकी आदिको प्रकोप बढ्दै गइरहेको र यसले छिट्टै महामारीको रूप लिने सम्भावना भएको भन्दै कोरोना महामारीमा यस्ता रोगीले धेरै दुुःख पाइरहेको बताउनुुभयो । डा. रेग्मीले नसर्ने रोगको रोकथाम र नियन्त्रणतर्फ स्वयम् व्यक्तिको ध्यान जानुपर्ने बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा नेपाललगायतका राष्ट्रमा नसर्ने रोगको रोकथाम र नियन्त्रणसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्ने र यसलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्नेतर्फ पहल भइरहेको छ । उहाँले नेपालीमध्ये २३.८ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको, २८.५ प्रतिशतले नियमित रक्सी पिउने तथा ६१.९ प्रतिशतले फलफूल र हरियो सागपात आवश्यकभन्दा कम खाने गरेको बताउनुभयो । यस्तै ७.२ प्रतिशतमा मोटोपन रहेको, २१.५ प्रतिशतलाई उच्च रक्तचाप र ५.५ प्रतिशतमा शारीरिक व्यायामको कमी रहेको छ ।
८० प्रतिशत नेपाली जनता कम्तीमा एउटा नसर्ने रोगको कारक तìवबाट पीडित रहेको देखिन्छ । उहाँले नसर्ने रोग बढ्नुको मुख्य कारण जीवनशैली अस्वस्थकर भएको भन्दै मानिसको जीवनशैलीको निर्धारण सामाजिक वातावरणले गर्ने बताउनुभयो । उहाँले समाजको आर्थिक, राजनीतिक, सांस्कृतिक, वातावरणीय स्थितिको प्रभाव मानिसको जीवनशैलीमाथि पर्ने हुँदा रोग बढेको बताउनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटुरोगीको सङ्ख्या बढिरहेकाले कोरोना भाइरसको प्रकोप बढेसँगै यस्ता रोगीलाई बचाउनु जरुरी भएको बताउनुुभयो ।
शहीद गङ्गालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी बन्दाबन्दीमा पनि मुुटुुरोगको उपचार कायमै रहेको जानकारी दिनुुभयो । उहाँका अनुुसार बन्दाबन्दीमा पनि १८६ जनाको ओपन हार्ट शल्यक्रिया भएको छ ।अस्पतालका अनुुसार कोरोनाको बन्दाबन्दीपछि छ हजार ४६१ जना बिरामीले केन्द्रबाट आकस्मिक सेवा लिएको र एक हजार ८५१ जना बिरामीले अन्तरङ्ग बिरामी भर्ना सेवा लिएका थिए । डा. अधिकारी कोरोनाको कष्ट भए पनि मुुटुुरोगीको उपचारमा अस्पतालले उच्च प्राथमिकता
दिएको बताउनुुहुुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?