logo
२०८० चैत्र १५ बिहीवार



सम्पर्कविहीन सङ्क्रमितले तनाव

फिचर |


सम्पर्कविहीन सङ्क्रमितले तनाव



नगेन्द्र सापकोटा

काठमाडौँ, असोज २१ गते । काठमाडौँ महानगरपालिकामा ९१ जना कोरोना (कोभिड–१९) सङ्क्रमित सम्पर्कविहीन भएपछि त्यसले तनाव बढाएको छ । कोरोना सङ्क्रमित भएकाको सम्पर्कमा आएकाहरूलाई टे«सिङ गरी क्वारेन्टाइनमा राखी भाइरसको बाटो बन्द (चेन बे्रक) गर्नुुपर्नेमा सङ्क्रमित नै सम्पर्कमा नआएपछि तनाव बढेको हो ।
काठमाडौँ महानगरपालिकाका अनुसार पीसीआर परीक्षण गराउने क्रममा गलत सम्पर्क नम्बर र ठेगाना टिपाएका ९१ जना सङ्क्रमित सम्पर्कविहीन भएका हुन् । ती व्यक्ति पीसीआरको पोजेटिभ रिपोर्ट खल्तीमा बोकी समुदायमै घुलमिल भइरहेको हुन सक्ने आशङ्का महानगरपालिकाले गरेको छ । “सम्पर्कविहीन भएका कतिपय व्यक्तिको दुई हप्ता समय सकिएकाले कोरोना अन्य व्यक्तिलाई सर्ने सम्भावना कम भएको हुनसक्छ,” काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानबहादुर ओलीले बताउनुभयो । सोमबारसम्म कन्ट्याक ट्रेसिङ गरिएकामध्ये १३ दशमलव ७६ प्रतिशत पोजेटिभ केस भेटिएको छ । हालसम्म १६ हजार १८० जनाको कन्ट्याक ट्रेसिङ गरी पीसीआर गर्दा दुई हजार २२७ जनामा पीसीआर पोजेटिभ आएको केस भेटिएको काठमाडौँ महानगरले जनाएको छ ।
महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिका केन्द्रीय राजधानी भएकाले महानगरपालिका एक्लैले चाहेर मात्र कोरोना रोकथाम नहुने बताउनुभयो । उहाँले सरकारकै कमजोरीका कारण अहिले उपत्यकामा कोरोना उच्च तहमा पुगेको टिप्पणीसमेत गर्नुभयो । सरकारले बन्दाबन्दीकै समयमा पर्याप्त मात्रामा क्वारेन्टाइन निर्माण गरेको भए अहिले उपत्यकामा यति धेरै मात्रामा कोरोना सङ्क्रमण नहुने उहाँको भनाइ छ । अब यसको नियन्त्रणमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?