logo
२०८० चैत्र १६ शुक्रवार



रोपिए साढे चार करोड बिरुवा

मुख्य समाचार |


रोपिए साढे चार करोड बिरुवा


 

शिवा तामाङ

काठमाडौँ, असोज २० गते । ‘राष्ट्रिय वृक्षरोपण’ अभियान वर्षमा लिइएको पाँच करोड बिरुवा रोप्ने लक्ष्यमध्ये करिब ९० प्रतिशतभन्दा बढी सफलता हासिल भएको छ । राष्ट्रिय वृक्षरोपण अभियान वर्ष २०७६ मा १५ करोड रुपियाँ बजेट विनियोजन गरेर सरकारले मुलुकभर पाँच करोड बिरुवा रोप्ने लक्ष्य अघि सारेको थियो ।
यस अभियानअन्तर्गत सात प्रदेशमा विभिन्न सङ्घसंस्थामार्फत तीन करोड ८३ लाख ९९ हजार ६९२ वटा बिरुवा रोपिएका छन् । यसैगरी सात सयभन्दा बढी नर्सरीबाट बिक्री भएका ७० लाखभन्दा बढी बिरुवासमेत गरी चार करोड ५४ लाखभन्दा बढी बिरुवा रोपिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वन तथा भूसंरक्षण विभागले उपलब्ध गराएको वृक्षरोपण वर्ष २०७६ को प्रगति विवरणमा ९० प्रतिशतभन्दा बढी बिरुवा रोप्न सफलता मिलेको उल्लेख छ । हरियाली प्रवद्र्धन र वन क्षेत्र बढाउने उद्देश्यले राष्ट्रिय वृक्षरोपण दिवस २०७६, असार १४ गते सो अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको तीनकुनेमा बिरुवा रोपेर थालनी गर्नुभएको थियो । सो विवरणअनुसार आर्थिक वर्ष २०७६÷७७ को साउन १ देखि गत भदौ महिनाको २० गतेसम्म सात प्रदेशमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न विभाग, शाखालगायत थुप्रै सङ्घसंस्था र व्यक्ति समेतले फलफूल, वनजन्य र जडीबुटीका बिरुवा रोपेर योगदान दिनुभएको छ । हरेक वर्ष मनसुन मौसममा नेपालमा खाली डाँडापाखा लगायतका क्षेत्रमा वृक्षरोपण कार्यक्रम नियमित गरिने प्रक्रिया हुन् । साथै विभिन्न योजना कार्यान्वयन गर्ने क्रममा रूख काट्नु परेमा शोधभर्नास्वरूप ती स्थानमा वृक्षरोपण हुँदै आएको छ ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक बद्रीराज ढुङ्गानाले भन्नुभयो, “अभियानकै रूपमा वृक्षरोपण गरेर वन क्षेत्रको वृद्धिका लागि सामूहिक रूपमा योगदान पु¥याउने प्रयास गरिएको छ र यस आर्थिक वर्षमा करिब लक्ष्यमा पुग्न सफल भएका छौँ ।’’
यस अभियानअन्तर्गत यस वर्ष सातै प्रदेश, वन तथा भूसंरक्षण विभाग अनुदान प्राप्त गरी राष्ट्रिय वृक्षरोपण कार्यक्रममा २० संस्था सहभागी थिए ।
सो विभागलाई सचिवालय तोकेर सञ्चालित वृक्षरोपण अभियानअन्तर्गत सबैभन्दा धेरै प्रदेश २ मा ९८ लाख ६८ हजार ११२ वटा बिरुवा रोपिएको छ भने सुदूरपश्चिम प्रदेशमा २७ लाख ३५ हजारभन्दा बढी बिरुवा रोपिएका छन् । यसैगरी राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिअन्तर्गत २३ लाख चार हजार ४१४ वटा बिरुवा रोपिएका छन् ।
यस वर्ष मात्र वृक्षरोपणका लागि करिब तीन करोड ६१ लाख ८९ हजार ७७१ वटा बिरुवा उत्पादन गरिएको विभागले जनाएको छ ।
वन तथा वातावरण मन्त्रालय, कृषि मन्त्रालय र निजी तथा सामुदायिक वन उपभोक्ता समूहले विशेष सक्रियतासाथ अभियान सफल बनाउन सहयोग गरेको उपमहानिर्देशक ढुुङ्गानाको भनाइ छ ।

मनसुन सक्रिय हुँदा घाँस, फलफूल र बहुवर्र्षीय प्रजातिका बिरुवा रोपिन्छस् वृक्षरोपणको मापनमा भने बहुवर्र्षीय रूखलाई मात्र गणनामा राखिन्छ र रोपेको जति सबै हुर्किने सम्भावना कम हुन्छ। पाँच करोड बहुवर्र्षीय रूख जातका बिरुवा हुर्काउने लक्ष्यसहित बढी बिरुवा उत्पादन गरिएको विभागका उपमहानिर्देशक ढुङ्गानाले बताउनुभयोे ।  
वृक्षरोपणको क्षेत्रफल १३ हजार ९१ हेक्टर छ । 
यस्तै राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति, वनस्पति विभाग, रेड कार्यान्वयन केन्द्र, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, नेपाली सेनाले सञ्चालन गरेको विकास योजना र अन्य निकायबाट भएको
वृक्षरोपणको क्षेत्रफल उल्लेख गरिएको छैनस् नेपालको कुल क्षेत्रफलमध्ये हाल ४४.७४ प्रतिशत वनले ढाकेको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?