logo
२०८० चैत्र १६ शुक्रवार



अठ्ठाइस तोला सुनको लेपले बन्यो गजुर (फोटो फिचर)

राष्ट्रिय |


अठ्ठाइस तोला सुनको लेपले बन्यो गजुर (फोटो फिचर)
तस्बिरःसुजन गुरङ


यलु जोशी
काठमाडौं, असोज १५ गते । रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा विहीवार पूजाआजा गरि गजुर राखिएको छ ।
रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ ।
भूकम्पले क्षति बनाएको रानीपोखरीको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो ।
रानीपोखरीको सुन्दरतासँग पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि जोडिएको छ उहाँले भन्नुभयो, निर्माण सम्पन्न बालगोपालेश्वर मन्दिर फरक शैलीमा बनेको छ । बालगोपालेश्वर मन्दिरमा राखिने गजुर २८ तोला सुनबाट बनेको र त्यसको तौल १२३ किलोको रहेको मानन्धरले बताउनुभयो ।
उक्त गजुर दरबाइ हाइस्कुलमा प्रहरीको निगरानीमा रहेको पनि जानकारी दिनुभयो ।
उहाँले लगभस सबै काम सम्पन्न भएको जानकारी दिदै केहि फिनिसिङ, विद्युत विस्तार र पोखरीमा अझै १० इन्च पानी राख्न बाँकी रहेको बताउनुभयो । हाल रानीपोखरी ३ करोड २२ लाख लिटर पानीले भरिएको छ ।
मन्दिरको थप सुरक्षाका लागि मन्दिर वरपर सिसिटिभी क्यामेरा जडान गर्नुका साथै गार्ड परिचालन गर्ने योजना भएको पनि प्रष्ट पार्दे उहाँले गजुर स्थापनापछि रानीपोखरी पूर्णरुपमा सम्पन्न हुने भएको जानकारी दिनुभयो ।
रानीपोखरी निर्माणका लागि पञ्चवर्षीय योजना भए पनि कोरोना भाइरसले केही प्रभावित पारेको उहाँको भनाइ छ । विरोधै–विरोध खेपेर बनेको रानीपोखरीको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले १८ औँ राष्ट्रिय सुरक्षा दिवसको अवसरमा २०७२ माघ २ गते गर्नुभएको थियो ।
शिलान्यास भएको करिब ५ वर्षपछि पुनर्निर्माण सकिने चरणमा छ । पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।

तस्बिर : सुजन गुरूङ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?