logo
२०८० चैत्र १६ शुक्रवार



जापानका नयाँ प्रधानमन्त्री विना सर्त किमलाई भेट्न तयार

अन्तर्राष्ट्रिय |


जापानका नयाँ प्रधानमन्त्री विना सर्त किमलाई भेट्न तयार
तस्विर-सिन्हवा


न्युयोर्क
असोज १० गते। जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताउनु भएको छ । उहाँलाई आफुले विना शर्त भेट्न तयार रहेको पनि उहाँले शुक्रबार स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन ।”संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उहाँले उत्तर कोरिया र जापानबीचको सम्वन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले जापान—डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्वन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गर्नुभयो । “आपसी सम्वन्ध र परमाणु सम्वन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बीचमा रचनात्मक र सन्तुलित सम्वन्धको पक्षमा नै आफु रहेको पनि जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभइ यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पु¥याउनु पर्दछ, त्यसैले हामी बीचमा सहकार्य र सुमधुर सम्वन्धको आवश्यकता छ ।”

उहाँले आफु आफ्ना प्रतिबद्धता र उद्धेश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?