logo
२०८१ बैशाख १३ बिहीवार

  नेकपा सचिवालय बैठक सम्पन्न  



साँगठनिक एकीकरणको खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी

मुख्य समाचार |


साँगठनिक एकीकरणको खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ६ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को साँगठनिक एकताको बाँकी कामको ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णुप्रसाद पौडेललाई सचिवालय बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार दिउँसो बसेको बैठकले प्रस्ताव तयार गर्न १० दिनको समय निर्धारण गरेको हो । ठोस प्रस्ताव आएपछि त्यसबारे थप छलफल गरेर सचिवालय बैठकले अनुमोदन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी रिक्त रहेका संवैधानिक निकायमा छिटो पदपूर्ति गर्न पनि बैठकले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ । संवैधानिक परिषदको बैठक बसी संविधानको मर्म र भावना बमोजिम निर्णय लिन प्रधानमन्त्रीलाई सुझाव दिइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सरकारले विभिन्न संवैधानिक आयोगमा अझै पदपूर्ति गर्न सकेको छैन ।
संवैधानिक निकायको पदपूर्तिका लागि सचिवालयका सदस्यहरुले आफ्ना सुझावहरु राख्नुभएको नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । दुई दिन बसेको सचिवालय बैठक सौहाद्रपूर्ण ढङ्गले चलेको उहाँले जानकारी दिनुभयो ।
यसअघि गत आइतबार सचिवालयको बैठक पेरिसडाँडामा बसेको थियो । नेकपा सचिवालयमा अध्यक्षद्वय, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव पौडेल रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?