logo
२०८० चैत्र १५ बिहीवार



मन्त्रिपरिषद् पुनर्गठन छिट्टै

मुख्य समाचार |


मन्त्रिपरिषद् पुनर्गठन छिट्टै


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठन एवं संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका विकल्प तथा सम्भावित मन्त्रीहरूबारे अध्यक्षद्वयले छलफल गर्नुभएको छ । आइतबारको पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेपछि कुन प्रक्रियाबाट गर्ने, कसलाई समावेश गर्ने तथा बिदा गर्ने लगायतका विषयमा छलफल गरेर टुङ्गो लगाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो । सोही जिम्मेवारीअनुसार अध्यक्षद्वयले यस विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?