logo
२०८० चैत्र १६ शुक्रवार



‘ज्ञानबाटै संसारको नेतृत्व’

मुख्य समाचार |


‘ज्ञानबाटै संसारको नेतृत्व’


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो ज्ञानको युग भएकाले ज्ञान माथिको प्रभाव र पहुँच नै सबैभन्दा निर्णायक बन्न पुगेको बताउनुभएको छ ।
बे्रन गेन सेन्टरद्वारा सोमबार आयोजित वेबिनारको दोस्रो शृङ्खलाको ‘उच्च शिक्षामा डायस्पोराको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले नेपालले युग सुहाउँदो शिक्षाका लागि लामो समयदेखि प्रयास गरिरहेको र त्यसमा प्रतिफल देखिन थालेको बताउनुभयो ।
उहाँले कुनै बेला सैन्य शक्ति निर्णायक थियो, कुनै बेला औद्योगिक शक्ति निर्णायक थियो, कुनै बेला आर्थिक शक्ति निर्णायक बन्यो भने आज जसले ज्ञानमार्फत नेतृत्व गर्न सक्यो, ऊ नै निर्णायक बन्ने बेला आएको छ भनेर स्पष्ट पार्नुुभयो ।
मन्त्री ज्ञवालीले ज्ञानमा पहुँच पु¥याउन सक्ने समाज, समुदाय र देशले नै संसारको नेतृत्व गरिरहेको स्पष्ट गर्नुभयो । सामान्य उच्च शिक्षाको प्रमाणपत्र हात परे पनि विश्वविद्यालयबाट बाहिरिएपछि जीवन गुजारा गर्न नसक्ने समस्या उस्तै रहेको उहाँको भनाइ छ । प्राविधिक शिक्षालाई कसरी उच्च शिक्षामा सहज बनाउने भन्ने अहिलेको चुनौती रहेकाले विदेशमा रहेका विज्ञले यसमा सघाउन सक्ने उहाँले औँल्याउनुभयो । नेपालका नीतिगत क्षेत्र र शिक्षा प्रणालीको दूरी तथा खालीपन पत्ता लगाएर नेपालको भविष्यको सारथि बन्न सक्ने नयाँ पुस्ता निर्माणमा सघाउन उहाँले आग्रह गर्नुभयो । आफूले सिकेको ज्ञानको सानो अंश आफ्नो देशका लागि खर्च गरेर सघाउन मन्त्री ज्ञवालीको आग्रह छ ।
आधारभूत शिक्षामा शतप्रतिशत पहुँचको अवस्था सिर्जना भएको जानकारी दिँदै उहाँले बीचमै विद्यालय छाड्ने ठूलो समस्यामा उल्लेख्य सफलता मिलेको छ भन्नुुभयो । माध्यमिक तहमा गुणस्तरीय शिक्षा प्रदान गरी विद्यालय छाड्ने प्रवृत्ति रोक्न विद्यार्थी र शिक्षकलाई उत्प्रेरित गर्नुपर्ने अवस्था उहाँले सविस्तार गर्नुुभयो । उहाँले स्पष्ट देखिएको लैङ्गिक समानता थियो तर उच्च शिक्षामा छात्राको सङ्ख्या बढ्दो छ भन्नुभयो ।
यस अघिको पहिलो वेबिनार शृङ्खलामा विश्वव्यापी कोभिड–१९ महामारीका बीच शारीरिक रूपमा उपस्थित भएर काम गर्न नसकेको अवस्थामा पनि वेबिनारमार्फत नेपालको स्वास्थ्य क्षेत्रका लागि योगदान गरेकामा उहाँले सराहना गर्नुभयो । जसरी नेपालबाट श्रम गर्न गएका नेपालीले रेमिट्यान्स नेपाल भिœयाउँछन्, त्यसैगरी बौद्धिक वर्गमाझ विदेशमा सक्रिय नेपालीले उच्च तहमा पहुँच पु¥याएको मन्त्री ज्ञवालीले स्मरण गर्नुभयो । स्वदेश विदेशका विज्ञका बीचमा अन्तक्र्रिया गराएर ज्ञान र सीपलाई व्यवहारमा लागू गर्ने उद्देश्यसहित वेबिनार आयोजना गरिरहेको सेन्टरका प्रमुख सन्तोष गौतमले जानकारी दिनुभयो ।
अन्तक्र्रियामा डा. कृष्ण विष्टले सहजीकरण गर्नुभएको थियो । उहाँका अनुसार हरेक वर्ष नेपालबाट ४५३ जना उच्च शिक्षाका लागि अमेरिका पुग्ने गरेका छन् । नेपाल हुँदै १३ हजार २२९ जना अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिका पुग्छन् । त्यस्तै ५६६ जना अमेरिकी विद्यार्थी अध्ययन गर्न नेपाल आउने गरेका छन् । अमेरिकामा पाँच सयभन्दा बढी प्राध्यापक विभिन्न क्याम्पसमा अध्यापन गरिरहेका छन् । कुल एक लाख ८२ हजार ३८५ नेपाली अमेरिकाका बसोबास गरिरहेका छन् । तीन हजारभन्दा बढी नेपाल सम्बद्ध गैरसरकारी निकाय अमेरिकामा छन् । हालसम्म ९६० भन्दा बढी विदेशमा रहेका विज्ञ नेपाली ब्रेन गेन सेन्टरमा आबद्ध हुनुभएको छ ।
अन्तक्र्रियामा इन्टरनेसनल एजुकेसन एन्ड ग्लोबल इन्गेजमेन्टका उपाध्यक्ष तथा क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा आबद्ध डा. जित जोशी, सन्फ्रान्सिस्को युनिभर्सिटीका स्कुल अफ एजुकेसनका डिन डा. सबनम कोइराला, डा. सतिश देवकोटा, डा. मिता प्रधान, डा. दोभान राई प्यानलिस्टका रूपमा रहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?