logo
२०८० चैत्र १६ शुक्रवार



नेपाली रेल चढ्न अझै दुई महिना कुर्नुपर्ने

अर्थ |
फिचर |


नेपाली रेल चढ्न अझै दुई महिना कुर्नुपर्ने
भारतको जयनगरस्थित नेपाली रेल्वे स्टेशनमा पार्किङ गरी राखिएको नेपाली रेल



धर्बेन्द्र झा
जनकपुरधाम, असज ४ गते । नेपाल सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग खरिद गरेको दुईवटा रेल शुक्रबार नेपालको जनकपुरधाम आए पनि रेल चढ्न अझै दुई महिना कुर्नुपर्ने भएको छ । रेल संचालनका लागि आवश्यक जनशक्तिको अभाव र कोरोना महामारीका कारण भारतीय सीमा सिल गरिएको कारण कोरोना भाइरसका कारण उत्पन्न अवस्था सामान्य नभएसम्म रेल चलाउन नसकिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो ।

उहाँले भारतबाट खरिद गरिएको रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बझबुझारथ प्रक्रिया हुन कम्तिमा एक महिना लाग्ने भएकाले रेल संचालनका लागि अझैँ दुई महिना कुर्नुपर्ने बताउनुभयो । उहाँले रेल संचालनको शुरुवातमा प्राविधिकहरु भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्नाका निमित्त भ्याकेन्सी निकालेर प्रक्रिया अगाडि बढी सकेको जानकारी दिनुभयो ।

करिब ८४ करोड ६५ लाखमा जी टुजी प्रक्रियामार्फत खरिद गरिएको दुईवटा रेलको २० प्रतिशत भूक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताउनुभयो । जनकपुरधामको कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालनका लागि शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको रेलको परीक्षणपश्चात पुनः शनिबार साँझ भारतको जयनगरस्थित नेपाल रेल्वे स्टेसनमा पु¥याएर पार्किङ गरिएको छ ।

जनकपुरधाम आएको दुई वटा इन्जिनसहित १० वटा बोगीमा १३ सयजना\सम्म यात्री सबार भई यात्रा गर्न मिल्ने क्षमता रहेको परीक्षणपश्चात नेपाल रेल्वे जनकपुरधाम साइट कार्यालयका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । उहाँले रेल जनकपुरधाम आएपछि अब केही दिनमै रेल चल्ने पक्का भएको बताउनुभयो । रेलको संचालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल संचालनको लागि काम अगाडि बढ्ने उहाँले बताउनुभयो ।

नेपालमा विक्रम सम्वत १९९४ देखि संचालनमा आएको रेल २०७१ सालमा जीर्ण भएर औपचारिकरुपमै बन्द भएपश्चात धनुषासहित प्रदेश नं.२ का आठवटै जिल्लाका बासिन्दा रेलसेवा नपाएर बढी प्रभावित छन् । खा गरी धनुषाको अति विकट पूर्वी क्षेत्रका बासिन्दाको एक मात्र यातायातको साधन रहेको रेल संचालनमा आएपछि धनुषाको सदरमुकाम जनकपुरधामसँगको सम्पर्क पुनः जोडिने शहीदनगर नगरपालिकाका नगरप्रमुख उदय बरबरियाले बताउनुभयो ।

पहिलो चरणमा रेलको तेस्रो पुस्ताको रुपमा जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल संचालन हुने भएपछि जनकपुरधामको व्यापार व्यवसायमा पनि टेवा पुग्ने जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?