logo
२०८० चैत्र १६ शुक्रवार



‘संविधान सबैको मियो’

भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ । भ्रष्टाचारी विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।

मुख्य समाचार |


‘संविधान सबैको मियो’




देवबहादुुर कुुँवर

काठमाडौँ, असोज ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताद्वारा, जनताका लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको वर्तमान संविधान सबै नेपाली अटाउने गतिशील दस्तावेजको ‘मियो’ भएको बताउनु भएको छ ।
‘छैटौँ संविधान दिवस एवम् राष्ट्रिय दिवस–२०७७’ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले कुनै आशङ्का वा अस्पष्टता छन् भने संवादका माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभयो ।
‘लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो सङ्घर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताविरुद्ध जनतालाई परिचालित ग¥यौँ,’ उहाँले स्पष्ट पार्नुुभयो, ‘‘जनताको सङ्घर्ष र बलिदानलाई साकार पार्न सबै दल÷समूहहरू राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक बन्न जरुरी छ ।’’ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले २०७२ असोज ३ गते संविधान सभाबाट नयाँ संविधान जारी भएकै दिनदेखि ढाल्नुपर्ने र फाल्नुपर्ने राज्य व्यवस्था सधैँका लागि समाप्त भइसकेको बताउनुभयो ।

खाल्डा–खुल्डी सम्याउन तयार
वर्तमान राज्य व्यवस्था सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैँ यसविरुद्ध जानीनजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित नहुने भन्दै प्रधानमन्त्री ओलीले नयाँ ‘राज्य प्रणाली’मा खाल्डा÷खुल्डी भए आफू सम्याउन तयार रहेको स्पष्ट पार्नुभयो ।
सरकारले महामारीलाई चुनौतीका रूपमा नभई अवसरमा उपयोग गरी चालू आर्थिक वर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार सुधार योजना कार्यान्वयनमा ल्याएको स्मरण गराउँदै उहाँले महामारी नियन्त्रणका लागि चालिएका कदम उराँठलाग्दो नभई उत्साहजनक देखिएको बताउनुभयो ।
सुशासन र पारदर्शिता विकास निर्माणको अत्यावश्यक सर्त हो, अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ । भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’’

तीव्र गतिमा शीघ्र विकास
उहाँले विकासका सन्दर्भमा ‘भइहाल्छ नि’ भन्दै सुस्तरी चल्ने वा ‘गरिहाल्लान् नि’ भन्दै चल्दै नचल्नेहरू बीचको बेमेलको अन्त्य गरी जनआकाङ्क्षाअनुरूप ‘शीघ्र विकासका लागि तीव्र गतिमा दौडिन खोज्दा’ प्रतिबद्धतालाई परिणति र परिणाममा बदल्न सकिने धारणा राख्नुभयो ।
समग्र प्रणाली परिवर्तनमा कर्मचारीतन्त्र तथा राज्य संयन्त्रहरू बाधक कहिल्यै बनेनन् तर कर्मचारीतन्त्रलाई
‘तीव्र गतिमा, शीघ्र विकास’को बाहक बन्न कुन चाहिँ तìवले अवरोध खडा गरिरहेको छ ? प्रधानमन्त्री ओलीले प्रश्न गर्दै थप्नुभयो, ‘‘विकास र प्रगतिलाई अस्वीकार गर्ने अस्वस्थ राजनीतिक तìव नै हो त ?’’

व्यावसायिक बन्न सुझाव
‘स्वतन्त्र प्रेस लोकतन्त्रको अभिव्यक्ति हो, यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ, प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘‘त्यसकारण सञ्चार माध्यमहरूले पनि ‘तथ्यको आधारमा सत्य पस्किने र समाजलाई सुसूचित गर्ने’ दायित्व बहन गरी ‘व्यावसायिक पत्रकारिता’को चरित्र देखाउन जरुरी छ ।’’
हिजोको नियन्त्रित र कमजोर अवस्थामा पनि अग्रगामी आन्दोलनमा योगदान पु¥याउने सञ्चार माध्यम र बौद्धिक जगत्ले बाटो बिराउँदा लोकतन्त्र कमजोर भई जनताले दुःख पाउने अवस्था रहन सक्छ भन्नुुहुुँदै लोकतान्त्रिक संस्कार, व्यवहार र अभ्यासलाई बलियो बनाउन सञ्चारमाध्याम र बौद्धिक वर्गको महìवपूर्ण भूमिका रहेको भनाइ उहाँको थियो ।

कोरोना स्वास्थ्य सुधारको मियो
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिनुपूर्व र अहिले उपचार पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सार्वसाधरणमा स्वास्थ्य तथा सुरक्षा सतर्कतासँगै स्वास्थ्य उपचार सेवामा विस्तार भएको बताउनुभयो । उहाँले २०७६ माघ ९ गते कोभिड–१९ को पहिलो सङ्क्रमणको पहिचान हुँदा पीसीआर परीक्षणका लागि विदेश धाउनुपरेको स्मरण गर्दै अहिले देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पीसीआर प्रयोगशाला सञ्चालनमा छन् भन्नुुभयो ।
‘‘परीक्षणको दैनिक क्षमता २३ हजार पाँचभन्दा माथि रहेको छ । दुई हजार रुपियाँ शुल्कबाट परीक्षण हुन थालेको छ । आईसीयू बेड क्षमता दुई हजार छ सय र भेन्टिलेटर नौ सय पु¥याइएको छ । ६४९ स्थानीय तहमा पाँच बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ,’’ उहाँले बताउनुभयो ।

आर्थिक वृद्धिदर लयमा
कोरोना महामारीको जोखिम कम हुनासाथ मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्किने विश्वास दिलाउँदै उहाँले आर्थिक वृद्धिले अपेक्षा गरेकै दरमा प्रगति गर्ने छ । यसको अन्त्यसँगै मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुने दिशामा अघि बढ्ने छ भन्नुभयो । उहाँले कोरोना महामारीको बेला पनि आर्थिक सूचकाङ्कहरू कमजोर अवस्थामा नरहेको र अपेक्षा अनुरूप उपलब्धि नभए पनि स्वास्थ्य क्षेत्रमा आमूल सुधार आएको, सर्वसाधारणमा स्वास्थ्य सतर्कता तथा सुरक्षासम्बन्धी जागरुकता ल्याएको चर्चा गर्नुभयो ।
मानव विकास सूचकाङ्क, व्यावसायिक वातावरण, भोकमरीको अवस्था, शान्ति, सुव्यवस्था तथा कानुनी शासन, भ्रष्टाचार निवारण, पर्यटकीय प्रतिस्पर्धा, लैङ्गिक समानता, विद्यालय शिक्षा, बालबालिका र स्वास्थ्यजस्ता विश्वव्यापी १४ विभिन्न सूचकाङ्क लयमा नै रहेका छन् ।
महामारीको बीचमा अन्तर्राष्ट्रिय आर्थिक सहयोग अनुदान उपलब्धता लागि प्रतिबद्धतासँगै राष्ट्रिय गौरवका योजना सम्पन्न गर्न सरकार क्रियाशील रहेको चर्चा गर्दै उहाँले सबै प्रकारका सङ्कीर्णता र आग्रह पूर्वाग्रह छोडी विकास र उन्नतिको बाटोमा एकताबद्ध भई अघि बढ्न आग्रह गर्नुभयो ।
समारोहका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका प्रतीक परेवा उडाउनु भएको थियो । कार्यक्रममा छ जोडी परेवा उडाउनुको साथै दुईवटा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि र संविधान दिवस–२०७७ तथा राष्ट्रिय दिवस लेखिएका ब्यानर प्रदर्शन गरिएको थियो ।
पाँच वर्षअघि २०७२ असोज ३ गते संविधान सभाबाट सङ्घीय नेपालको संविधान जारी भएको अवसरमा यो दिवस मनाइँदै आएको छ । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?