logo
२०८० चैत्र १५ बिहीवार



भालुको आक्रमणबाट एकको मृत्यु चार घाइते

प्रदेश |


भालुको आक्रमणबाट एकको मृत्यु चार घाइते


सन्तोष राउत
सोलुखुम्बु, असोज २ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
घरबाट करिब चार घण्टाको पैदल दूरी टाढा जङ्गलमा मालिङ्गो काट्न गएको अवस्थामा भालुले एक्कासि आक्रमण गर्दा ३६ वर्षीय प्रेम कुलुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बुले जानकारी दिनुभयो ।
गम्भीर घाइते कुलुङलाई छेस्काम स्वास्थ्य चौकीमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । मृतकको पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउन लागिएको उहाँले बताउनुभयो ।
साथमा गएका २२ वर्षीय चतुर कुलुङ, १९ वर्षीय  प्रेम कुलुङ, २५ वर्षीय सुजन कुलुङ, १९ वर्षिय सन्तबहादुर कुलुङ घाइते भएका छन् । घाइतेहरुको छेस्काम स्वास्थ्य चौकीमा उपचार गरिएको र थप उपचारका लागि बुङको प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउन लागिएको प्रहरीले जनाएको छ । यस सिजनमा मालिङ्गोको टुसा खान भालु आउने भएकाले जङ्गलमा जानेहरु भालुको आक्रमणमा बढी पर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?