logo
२०८१ बैशाख ८ शनिवार



काँग्रेसको महाधिवेशन अर्को भदौसम्म हुन्छ : देउवा

मुख्य समाचार |


काँग्रेसको महाधिवेशन अर्को भदौसम्म हुन्छ : देउवा



गोरखापत्र समाचारदाता

काठमाडौंँ, असोज २ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन कोरोना भाइरस (कोभिड–१९)का कारण फागुनमा हुन नसके २०७८ को भदौमा हुने बताउनुभएको छ । एक दिनअघि मात्र उहाँले फागुनमै महाधिवेशन हुुनेछ भन्नुुभएको थियो ।
काँग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले बिहीबार आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले फागुनमा हुन नसके भदौमा त कुनै हालतमा महाधिवेशन गर्नैपर्छ, पहिला पनि भदौमा गरिएकै हो भन्नुभयो ।
पार्टीका सहमहामन्त्री एवं अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा महाधिवेशनको अर्को मिति तय गर्ने स्पष्ट गर्नुभयो ।

सभापति देउवा आइसोलेसनमा
यसैबीच काँग्रेसका सभापति देउवा बिहीबार रातिबाट आफ्नै घरमा एकान्तबासमा बस्नुभएको छ । उहाँको सचिवालयमा रहेका एक कर्मचारीमा कोरोना
सङ्क्रमण देखिएपछि उहाँ बूढानीलकण्ठस्थित आफ्नै निवासमा आइसोलेसनमा रहनुभएको जानकारी उहाँका सहयोगी भानु देउवाले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?