logo
२०७७ कार्तिक ४ मंगलवार

हामी नेपाल भारत सम्बन्धलाई थप सुदृढ बनाउन इच्छुक छौं : मोदी

मुख्य समाचार |


2020-09-17-22817


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरु इच्छुक रहेको बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनका अवसरमा आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट मार्फत दिनुभएको शुभकामना सन्देशको प्रतिउत्तरमा मोदीले सो कुरा उल्लेख गर्नुुभएको हो ।
प्रतिउत्तर सन्देशमा मोदीले भन्नुभएको छ, हामी नेपाल भारत सम्बन्धलाई हाम्रो साझा संस्कृति र इतिहासमा आधारित रहेर थप सुदृढ बनाउन इच्छुक छौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप