logo
२०८१ बैशाख ६ बिहीवार



प्रधानमन्त्री ओलीद्वारा नवनिर्वाचित जापानी प्रधानमन्त्रीलाई बधाई

मुख्य समाचार |


प्रधानमन्त्री ओलीद्वारा नवनिर्वाचित जापानी प्रधानमन्त्रीलाई बधाई


गोरखापत्र अनलाइन

काठमाडौं, असोज १ गते । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सहकर्मी जापानका लागि नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई ज्ञापन गर्नुभएको छ । दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ सुमधुर र सौहाद्रपूर्ण बनाउन मिलेर काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटमार्फत विहिबार प्रधानमन्त्री ओलीले बधाई ज्ञापन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेले स्वास्थ्यको कारण देखाई पद त्याग गर्नुभएपछि नयाँ प्रधानमन्त्री छान्न बुधबार जापानको संसदमा मतदान भएको थियो । मतदानले सुगाको नेतृत्वलाई औपचारिकरुपमा अनुमोदन गरेको थियो । सुगा यसअघिको प्रधानमन्त्री आवेको मन्त्रीपरिषदमा मुख्यसचिवकोरुपमा कार्यरत रहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?