logo
२०८१ बैशाख ८ शनिवार



कोरोनाविरुद्ध स्थानीय तह सक्रिय

राष्ट्रिय |


कोरोनाविरुद्ध स्थानीय तह सक्रिय


नगेन्द्र सापकोटा

काठमाडौँ, भदौ २७ गते । काठमाडौंँ उपत्यकामा कतिपय नगरपालिकाले कोरोनाविरुद्ध प्रभावकारी कदम अगाडि बढाउँदै छन् । सूर्यविनायक, टोखा, कागेश्वरी मनोहरा लगायतका नगरपालिकाले कोरोना जित्न स्वास्थ्य सेवालाई विशेष जोड दिएका छन् ।

सूर्यविनायकमा नयाँ प्रविधि
सूर्यविनायक नगरपालिकाले केस इन्भेस्टिकेसन कन्ट्याक्ट ट्रेसिङ (सीआईसीटी)का लागि जनप्रतिनिधिको अगुवाइमा स्वास्थ्य टिम निर्माण गरी घरघरबाटै नयाँ प्रविधिबाट स्वाब सङ्कलन सुरु गरेको छ । त्यस कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाको आफ्नै ट्रक
(सवारी साधन)मा स्वाब सङ्कलन गर्न भाइजर जडित कक्ष निर्माण गरेर अस्पतालको ल्याब कक्षजस्तै बनाई नयाँ प्रविधिबाट बुथ निर्माण गरिएको छ । नयाँ तौरतरिकाबाट स्वाब सङ्कलन गर्दै कोरोनाविरुद्ध
अगाडि बढेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार सो कक्षमा स्वास्थ्यकर्मी रुमभित्र बसी स्वाब दिने व्यक्ति बाहिर बसेर सानो प्वालबाट हात छिराएर स्वाब लिने गरिन्छ । उक्त कार्यले गर्दा स्वास्थ्यकर्मी, स्वाब दिने व्यक्ति सुरक्षित हुन्छन् । उक्त बुथयुक्त सवारी साधनबाट जुनसुकै बेला पनि नगरपालिकाका सबै वडा र टोलटोलमा पुगी स्वाब सङ्कलन गर्न सजिलो भएको थापाले बताउनुभयो ।
हालसम्म सो नगरपालिकाका १८९ सङ्क्रमितमध्ये १०६ जना निको भई घर फर्किसकेका छन् ।

टोखाले ग¥यो पूूर्वाधार विस्तार
टोखा नगरपालिकाले वडा नं. २ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई बाग्मती प्रदेशस्तरीय प्रादेशिक अस्पताल निर्माण गर्न सफल भएको छ । गत हप्ता बाग्मती प्रदेश सरकारले टोखा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरी उक्त निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ ।


कुल चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवनमा हाल २८ बेडको आइसोलेसन निर्माण गरिएको छ । आइसोलेसन बेड थपी ६० बेड बनाउने तयारी भइरहेको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त भौतिक पूर्वाधार भएकाले नगरस्तरीय अस्पताललाई प्रादेशिक अस्पताल बनाउन सकिएको हो । अब थप स्तरोन्नति गर्न नगरपालिकाले आवश्यक सहजीकरण गर्छ । ”
नगरपालिका क्षेत्रमा अहिलेसम्म ३०६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । १४९ जना निको भई घर फर्केका टोखा नगरपालिकाले जनाएको छ ।

कागेश्वरी मनोहरामा अक्सिजनको व्यवस्था
काठमाडौँ उपत्यकामै पहिलोपटक कागेश्वरी मनोहरा नगरपालिका–१० स्थित सनसिटी टावरमा कोभिड–१९ का बिरामी भेटिएको कागेश्वरी मनोहरा नगरपालिकाले अहिले नगरस्तरीय अस्पतालमा अक्सिजनसहितको व्यवस्था गरेको छ ।
वडा नं. ६ मा रहेको मूलपानी अस्पताललाई कोभिड विशेष अस्पताल घोषणा गरी अक्सिजन आवश्यक पर्ने बिरामीलाई अक्सिजन सहितको व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगरपालिकामा हालसम्म १६६ जना कोरोनाका सङ्क्रमित भेटिएकामा १०९ जना निको भएका र ५६ जना उपचारका क्रममा रहेका नगरपालिकाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?