logo
२०८१ बैशाख ७ शुक्रवार



ब्राजिलमा कोभिडका सङ्क्रमितको संख्या ४२ लाखभन्दा बढी

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोभिडका सङ्क्रमितको संख्या ४२ लाखभन्दा बढी


ब्रासिलिया, भदौ २६ गते।
ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै ब्राजिलमा कोभिड १९ का सक्रमितहरुको संख्या करिब ४२ लाखभन्दा बढी पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ४२ लाख ३८ हजार ४६४ जना पुगेको बताइएको हो ।
उक्त मन्त्रालयका अनुसार संक्रमणबाट गएको २४ घन्टामा ९८३ जनाको ज्यान गएको छ । ब्राजिलमा एक लाख २९ हजार ५२२ जनाको ज्यान गएको छ । गएको २४ घन्टा यता शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट ९८३ जनाको ज्यान गएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
कोरोना भााइरसबाट सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल अमेरिका र भारतपछिको तेस्रो स्थानमा पर्ने देश हो । अमेरिकामा करिब ६४ लाख मानिस संक्रमित भएका पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी भारतमा भने यो संख्या ४६ लाखभन्दा केही बढी छ । यसै हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो । यसअघि ब्राजिल नै अमेरिका पछि थियो ।
यसैबीच प्राप्त पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ७९ लाख मानिस संक्रमित भएका छन् भने ९ लाखभन्दा बढीको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?