logo
२०८० चैत्र १५ बिहीवार



खशोग्गीको हत्या प्रकरणमा आठ व्यक्तिलाई जेल सजाय

अन्तर्राष्ट्रिय |


खशोग्गीको हत्या प्रकरणमा आठ व्यक्तिलाई जेल सजाय
तस्विर-सीजीटीएन


रियाद,भदौ २२ गते।
साउदी अदालतले सोमबार सन् २०१८ साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ ।”
यस पहिले उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको थियो ।

अदालतको अन्तिम फैसला खाशाग्ेगीका छोराहरूले आफुहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि आएको छ । उनीहरूले गत मेमा आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?