logo
२०८१ बैशाख १३ बिहीवार



ऐतिहासिक पूर्वाधार पर्यटकीय स्थल

मुख्य समाचार |


ऐतिहासिक पूर्वाधार पर्यटकीय स्थल


भउचप्रसाद यादव

काठमाडौँ, भदौ १९ गते । बागमती प्रदेश सरकारले ऐतिहासिक महìवका पूर्वाधार विकासका संरचनालाई पर्यटकीय स्थल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । यस आयोजनाका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएको छ । चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाइएकोे बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेशमा रहेका ऐतिहासिक महìवका चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति विद्युत् गृह र सुन्दरीजल विद्युत् गृहलाई पर्यटकीय स्थल तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने कार्यक्रम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम अगाडि बढाउन चालू आर्थिक वर्षमा एक करोड २० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । उहाँले दक्षिण एसियाकै मानव निर्मित यातायात प्रयोजनको पहिलो सुरुङ मार्ग र दक्षिण एसियाकै अग्रणी विद्युत् गृह ऐतिहासिक सम्पदाका रूपमा सूचीकृत भइसकेकाले अध्ययन÷अनुसन्धान गृह समेतका हिसाबले संसारकै ध्यान खिच्न सकिने, आन्तरिक र बाह्य पर्यटक तान्न सकिने भएकाले यसको संरक्षण गर्न मन्त्रालयले कार्यक्रमका रूपमा समावेश गरेको छ भन्नुभयो ।
मुलुकको ऐतिहासिक धरोहरको संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यसहित प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी प्रदेशको महìवाकाङ्क्षी आयोजनाका रूपमा अगाडि सारिएको उहाँले बताउनुभयो । कार्यक्रम अगाडि बढाउन यसै महिनाभित्रै बोलपत्र आह्वान गरिने उहाँले जानकारी दिनुभयो । उहाँले संवत् १९६८ मा निर्माण गरिएको जलविद्युत् आयोजना चन्द्रज्योति विद्युत् गृह एसियाको दोस्रो र नेपालकै पहिलो हो । अहिले दक्षिणकाली नगरपालिकामा पर्ने यो जलविद्युत् गृहलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नेगरी कार्यक्रम अगाडि बढाइएको हो भन्नुभयो । एसियाको पहिलो जलविद्युत् आयोजना संवत् १९५९ मा भारतको कर्नाटकमा निर्माण गरिएको थियो ।
बेलायत सरकारको सात लाख १३ हजार रुपियाँ आर्थिक सहयोगमा संवत् १९६८ मा निर्माण भएको यो चन्द्रज्योति विद्युत् गृहबाट पाँच सय किलोवाट विद्युत् उत्पादन गरिएको थियो । २०३८ सालबाट यस आयोजनाको पानी खानेपानीका लागि वितरण गर्न थालेपछि उत्पादन क्रमशः कम भई २०५८ सालदेखि यो विद्युत् केन्द्र पूर्ण रूपमा बन्द छ ।
त्यसैगरी संवत् १९७८ मा सुन्दरीजल जलविद्युत् गृहको निर्माण गरिएको थियो । यो मुलुककै दोस्रो जलविद्युत् आयोजना हो । यस आयोजनाबाट संवत् १९९१ बाट विद्युत् उत्पादन सुुरु भएको थियो । राज्यको आफ्नै स्रोतमा निर्माण भएको यो मुलुककै पहिलो जलविद्युत् आयोजना हो ।
त्यसैगरी संवत् १९७४ (सन् १९१७) मा चन्द्रशमशेरले बनाउन लगाएको चुरियामाई सुरुङ मार्ग पाँच सय मिटर लम्बाइको थियो । अहिले २८० मिटर बाँकी छ । सो सुरुङ मार्गको निर्माण नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजङ थापाको प्राविधिक नेतृत्वमा सम्पन्न भएको थियो । उक्त सुरुङ मार्गको प्रवेशद्वारमा अहिले इन्जिनियर थापाको अर्धकदको सालिक निर्माण भइरहेको मन्त्री फुयाँलले बताउनुभयो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङ मार्गलाई पर्यटकीय तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?