logo
२०८१ बैशाख ८ शनिवार



काठमाडौँ उपत्यकामा १९ हजारको स्वाब सङ्कलन

मुख्य समाचार |


काठमाडौँ उपत्यकामा १९ हजारको स्वाब सङ्कलन
फाइल तस्बिर


नगेन्द्र सापकोटा

काठमाडौँ, भदौ १८ गते । काठमाडौँ उपत्यकामा एक सातायता करिब १९ हजार सात सय जनाको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गरिएको छ । उपत्यकामा २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने उपत्यका नगरपालिका फोरमको निर्णय अनुसार बुधबारसम्म उपत्यकास्थित १८ वटै नगरपालिकाका करिब १९ हजार सात सयको कन्ट्याक्ट ट्रेसिङ गरिएको हो । कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिको पीसीआर परीक्षण रिपोर्ट भने आउने क्रम जारी छ ।
स्वास्थ्य मन्त्रालयका ‘फोकल पर्सन’ को समन्वयमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य शाखाका प्रतिनिधि सहितको टोलीले टोलटोलमा पुगेर स्वाब सङ्कलन गर्ने कार्य धमाधम भइरहेको फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । एक जना सङ्क्रमितले करिब १३ जनालाई कोरोना सङ्क्रमण सार्न सक्ने स्वास्थ्य विज्ञको सुझाव अनुसार सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब सङ्कलन गरी पीसीआर गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।
परीक्षण सकिएपछि राजधानी प्रवेशमा कडाइ गरी उपत्यकाका आर्थिक क्रियाकलापलाई चलायमान बनाउन सकिने उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?