logo
२०८० चैत्र १५ बिहीवार



तीजका गीतमा कोरोना सन्देश

मुख्य समाचार |


तीजका गीतमा कोरोना सन्देश


यलु जोशी

काठमाडौँ साउन ३१ गते । रातो सारी पहिरिएर सुख–दुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसँगीसित नाचगान गर्दै सुख–दुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ । यो वर्ष भने कोरोना भाइरस (कोभिड–१९) ले तीज र तीजका गीतमा प्रभाव पारिरहेको छ ।
त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा देखिएको छ । तीजको सांस्कृतिक पक्षभन्दा बढी व्यापारिक भएर विकृत हुने खतरा बढेकोे छ ।

तीजभन्दा गीत धेरै अघि
हिन्दुको पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । गाउँदेखि सहरसम्म तीजका नयाँ–पुराना भाका घन्कँदै गीतले बजार छोपिसकेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको बीचमा समेत सर्जकले चेतनामूलक र सन्देशमूलक तीजका नयाँ–नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमध्ये कतिपय विवादित भए भने कतिले श्रोता, दर्शकको माया पनि पाएको देखिन्छ ।
गायक दुर्गेश थापाको तीज गीत बेसार, बीचबीचमा–३ ले श्रोताको मन जित्न सफल भएको छ । गायिका प्रीति आलेले गाउनुभएको लरिलै बरिलै... बोलको तीज गीत युट्युब मार्फत सार्वजनिक गरेको एक महिनामा ३७ लाखभन्दा बढीले हेरिसकेका छन् । टिकटक तथा सामाजिक सञ्जालमा यसले चर्चा पाएको छ ।
गायिका सोफिया थापाले गाउनुभएको
‘अबको तीज नो व्रत प्लिज’ गीतले चर्चा, विरोध र अवरोध पाएको छ । धार्मिक आस्थामा चोट पर्न गएको भनेर विरोध भएपछि हटेको पनि छ । गायिका थापा तीजमा निराहार व्रत बस्नुपर्छ भन्ने हँुदैन, त्यसैले यो गीत गाएको हो, कसैको भावनामा चोट पुु¥याउने उद्देश्य होइन भन्नुहुन्छ ।
वरिष्ठ गायिका मीरा राणाले हिजो माइती घर, धार्मिक स्थल तथा पधेँरो, चौतारोमा सीमित तीज पर्व अहिले सहर बजारको रमझम भइसकेको बत(ाउनुभयो ।
परम्परागत वाद्यवादन र लोकलयमा गाइने तीज गीत आधुनिक बाज(ागाजा र अनेक मेलोडीमा बन्न थालेका छन् । गायिका राणा हिजो–आज तीजकै नाममा भड्काउ गीत थुप्रै बनेका छन् । कुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन । यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ भन्नुुहुुन्छ । राणा यस्ता गीतले तीजको मर्म मारेको छ भन्नुहुन्छ ।

पुरुष अधिकारको प्रश्न
तीज महिलाको चाड भएकाले विगतमा गीत गाउने पनि महिला नै हुन्थे । अहिले महिला–पुरुष दुवैले तीजका गीत मिलेर गाउँछन् । अहिले तीज गीतमा गायक गायिका दुवैले रमाइलो मानी गाउँछन् । हरेक क्षेत्रमा महिला र पुरुषको अधिकार बराबर हुने भनिरहँदा तीज महिलाको मात्र चाड हुन नसक्ने गायक दुर्गेश थापा बताउनुुहुन्छ । यो वर्ष तीज भदौ ५ गते पर्छ तर तीजका गीत भने डेढ महिनाअघि नै बजारमा आउन थालिसकेका छन् ।
उहाँ तीज पुरुषको पनि चाड हो, त्यसैले पुरुषले पनि गाउनुपर्छ भन्नुहुन्छ । मानिसको सोचाइ फराकिलो हुँदै गएको छ । मुख्य गरी तीज भाद्र शुक्ल द्वितीयाका दिन दरिलो खाद्य पदार्थ दर खाएर मनाइन्छ । तृतीयामा व्रत बसेर मनाउने र पञ्चमीमा पूजाआजा गरेपछि समाप्त हुन्छ । यही बीचमा मौलिकता मिसिएका गीत गाइन्छ ।
उहिले विरह, अहिले मनोरञ्जन
विगतका तीजका गीत भने अब स्मरणमा मात्रै रहने अवस्था देखिएको छ । विगतका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दाभन्दै तीज गएको जस्ता कुरा तीज गीतमा हुन्थे तर अहिले सांस्कृतिकभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् । यो पटक त कोरोनाको प्रभावले पनि गीतलाई छोएको छ ।
विगतमा हरिदेवी कोइराला, बिमाकुमारी दुरा, देवी घर्तीले गाएका मौलिक सांस्कृतिक गीत निकै चलेका थिए तर हिजोआज तामसी प्रवृत्तिका गीत बढी देखिन्छन् । लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ लगायतले गाएका सांस्कृतिक गीत खुबै चल्थे । गीतकार डा. कृष्णहरि बराल तीजका गीतमा समय र सहरीकरणसँगै परिवर्तन आएको र यसलाई विकृति भन्न नमिल्ने बत(ाउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?