logo
२०८१ बैशाख १२ बुधवार



काठमाडौँका तीन क्षेत्रमा लकडाउन (फोटो फिचरसहित)

मुख्य समाचार |


काठमाडौँका तीन क्षेत्रमा लकडाउन (फोटो फिचरसहित)
तस्बिर: सुजन गुरूङ्ग


गोरखापत्र अनलाइन
काठमाडाैँ, साउन २५ गते । काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।
काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले बताउनुभयो । त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उहाँले बताउनुभयो ।
स्थानीयले अवस्थाअनुसार सातदेखि १४ दिनसम्म लकडाउन गर्ने निर्णय गरेको जानकारी आफूलाई भएको प्रवक्ता डङ्गोलले बताउनुभयो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?