logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा मात्र प्रदान गर्ने

पढ्नै पर्ने |
फिचर |


उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा मात्र प्रदान गर्ने


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २३ गते । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख तथा उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बैठकमा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा मात्रै प्रदान दिने गरी आइतबारबाट १५ दिनसम्म 'सट डाउन' गर्ने बारेमा छलफल गरिएकाे छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा 'सट डाउन'को विषयमा छलफल भएको बताउनुभयो । यो अवधिमा जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दैआएको अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने विषयमा छलफल भइरहेको भट्टले जानकारी दिनुभयो । बैठकमा सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखलाई अख्तियारी दिने निर्णय गरेको छ । 'अन्य के के विषयमा सट डाउन गर्ने हो, त्यसको छलफल भइरहेको छ,'  प्रजिअ भट्टले भन्नुभयो ।

बैठकमा सवारी साधनमा जोर बिजोर कडाइका साथ कार्यान्वयन गर्ने र मास्क र स्यानिटाइजरको प्रयोग नगर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउने छलफल भएको भट्टले गोरखापत्र अनलाइनलाई बताउनुुभयो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र उद्योग वाणिज्य सङ्घ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सट डाउनबारे छलफल भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?